मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बिमला तामाङ मृत्यु प्रकरणः दोषीमाथि कारबाहीको माग (तस्बिरसहित)

बिहीबार, ०२ साउन २०७६, १६ : ३९
बिहीबार, ०२ साउन २०७६

काठमाडौं– समता अस्पतालमा कार्यरत विमला तामाङको मृत्यु शंकास्पद भएको भन्दै आफन्तहरुले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन् । 

उनीहरुले घटना भएको लामो समयसम्म पनि न्याय पाउन नसकेको भन्दै सरकारी दवाव दिने उद्देश्यले प्रदर्शन गरेका हुन् । 

मृतकका परिवारले तामाङको हत्या भएको दाबी गर्दै आएका छन् । 

गत असार ३ गते रामेछापकी बिमला तामाङको समता अस्पतालको एक कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप