शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेडिकल रेकर्डर, आयुर्वेद विज्ञ, नर्सिङ प्रशासकलगायत कर्मचारीको समायोजन विवरण सार्वजनिक

बिहीबार, ०२ साउन २०७६, १६ : ३०
बिहीबार, ०२ साउन २०७६

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार मेडिकल रेकर्डर, आयुर्वेद विज्ञ, नर्सिङ प्रशासक  लगायत ४ क्षेत्रका कर्मचारीको समायोजन विवरण सार्वजनिक गरेको छ । 

आज मन्त्रालयले सार्वजनिक गरेको समायोजन विवरणमा मेडिकल रेकर्डर निरीक्षक अन्तर्गत वरिष्ठ मेडिकल रेकर्डर निरीक्षक÷मेडिकल रेकर्डर निरीक्षक÷मेडिकल रेकर्डर सुपरभाइजर ५, ६ र ७ औँ तहका कर्मचारीको विवरण सार्वजनिक गरेको छ । ३ पदका देशभर ४६ जना कर्मचारीलाई समायोजनमा समेटिएको छ ।    

 

यस्तै वरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ÷कन्सलटेन्ट आयुर्वेद विज्ञ ९÷१० औ तहका कर्मचारीको पनि मन्त्रालयले विवरण सार्वजनिक गरेको हो । यसअन्तर्गत १३ जना कर्मचारीको नाम सार्वजनिक गरिएको छ । 

कम्यूनिटि नर्सिङ प्रशासक ९ र १० औ तहको अन्तर्गत १ जना रहेका छन् । जसलाई संघ अन्तर्गत नै राखिएको छ ।

  वरिष्ठ अस्पताल नर्सिङ प्रशासक ÷अस्पताल नर्सिङ प्रशासक अन्तर्गतको ९ र १० औ तहका कर्मचारीहरुको पनि समायोजन विवरण सार्वजनिक गरिएको छ । यस पदमा १४ जना कर्मचारी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप