बाढी क्षेत्रमा व्यवसायीहरुले वितरण गरे झुल
जनकपुर– अविरल वर्षाका कारण आएको बाढी क्षेत्रमा अहिले लामखुट्टेको प्रकोप देखिएको छ । झाडापखाला सङ्गै देखिएको विभिन्न रोगले बाढी पीडितहरु समस्या झेलिरहेका छन् भने केही स्थानमा मात्रै चिकित्सकहरुको टोलि पुग्न सकेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताए ।
यसैलाई ध्यानमा राख्दै धनुषा चेम्बर अफ कमर्सले बाढी प्रभावित परिवारलाई १ सय १ वटा झुल वितरण गरेको छ । धनुषा चेम्वरका पदाधिकारीहरुले बिहिवार प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई झूल हस्तान्तरण गरेको हो ।
धनुषामा अहिले राहत वितरणमा एकद्वार प्रणाली लागू भएकोले गर्दा आफूहरु जिल्ला प्रशासन कार्यालय मार्फत नै झुल जिम्मा लगाएको चेम्बरका अध्यक्ष विजयकुमार साहले बताए । राहत हस्तान्तरणको बेला चेम्बरका वरिष्ठ उपाध्यक्ष सरोज मिश्र, उपाध्यक्षद्वय सलामत राइन र हिरालाल पूर्वे, महासचिव कृष्णदेव सह, सह कोषाध्यक्ष जानकी रमन झा लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।
जनकपुरमा मात्रै करिब २० हजार विस्थापित भएका छन् भने १ लाख व्यक्ति बाढी प्रभावित भएका छन् ।