शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा बालबालिकाले खाने खानाको एक चौथाइ हिस्सा ‘जंक फुड’

बिहीबार, ०२ साउन २०७६, १४ : १७
बिहीबार, ०२ साउन २०७६

एजेन्सी । नेपालमा दुई वर्षमुनिका बालबालिकाले खाने कूल क्यालोरीको एक चौथाइ हिस्सा बजारको खानाबाट पाइरहेको अध्ययनले देखाएको छ ।  

अनुसन्धानदाताले यस्तो खानपानले बालबालिकामा होचोपन अथवा कुपोषण गराइरहेको देखाएको छ । अध्ययनमा नेपालमा पौष्टिक खानालाई बढ्दो रुपमा बिस्कुट, आलुचिप्स, चाउचाउ र गुलियो पेय पदार्थले विस्थापित गरिरहेको देखिएको छ । अनुसन्धानदाताले बच्चा राम्रोसँग हुर्कनको लागि खानामा भिटामिन, मिनरल र अन्य महत्वपूर्ण पौष्टिक हुनुपर्ने बताएका छन् । 

‘जर्नल अफ न्युट्रिसन’मा प्रकाशित भएको उक्त अनुसन्धानले बजारमा उपलब्ध जंक खानाले मोटोपन मात्र गराउने नभएर बच्चाको वृद्धिसँग पनि भूमिका खेल्ने देखाएको छ ।  

अध्ययनमा काठमाण्डौं उपत्यकाका १२ देखि २३ महिनाबीचका ७४५ बालबालिकालाई समाबेश गरिएको छ । 

यो निम्न आय भएको मुलुकमा साना बालबालिकालाई स्न्याक खानाले कस्तो असर गर्छ भनेर खोज गरिएको अध्ययन हो । 

अनुसन्धान अन्तर्राष्ट्रिय स्वास्थ संगठन हेलन केलर इन्टरनेसनलका अनुसन्धानदाताले गरेका हुन् । अध्ययनमा सहभागी सबै बालबालिकाले जंक खाना खाएको पाइएको थियो, मात्र धेरथोरैमा भिन्नता थियो । 

बालबालिकाले उपभोग गर्ने कुल क्यालोरीमा आधा क्यालोरी उच्च मात्राको चिनी, नुन र फ्याटयुक्त स्न्याक्सबाट लिइरहेका बालबालिका त्यही उमेर समूहका सामान्य बालबालिकाभन्दा होचा पाइएका थिए । 
तिनमा वृद्धि र विकासको लागि आवश्यक हुने प्रोटिन, क्याल्सियम, आइरन, भिटामिन ए र जिन्कजस्ता पौष्टिकताको अभाव देखिएको थियो । 

‘यो निष्कर्ष अनुसन्धानदाता र नीतिनिर्माताको लागि खतराको घण्टी हुनेछ । साथै यसले स्न्याक्स खाद्य समाग्रीको भूमिकामा थप अनुसन्धानको आवश्यकता देखाएको छ,’ एसेसमेन्ट एण्ड रिसर्च अन चाइल्ड फिडिङ परियोजनाका प्रमुख अनुसन्धानदाता डा.एलिसा प्रिसले भनिन् । 

‘चिनी र नूनको उच्च मात्रा रहेको र प्याक गरिएका स्न्याकमा पौष्टिकता न्युन हुन्छ । यो संसारभरी नै पाइन्छ । जंक खानाले मोटोपनमा भूमिका खेलेको भनेर विश्वभरी चिन्ता बढी रहेको छ । तर जुन ठाँउमा साना बालबालिकाले नै पौष्टिक खानामाथि पहुँच पाइरहेका छैनन्, यो अध्ययनले तिनले कुपोषण गराइरहेको संकेत गर्छ ।’

अध्ययनका क्रममा नेपालमा स्थानीयदेखि अन्तराष्ट्रिय ब्राण्डका स्न्याक पाइएको थियो । ग्रामिण क्षेत्रसमेत अवस्था उस्तै रहेको अनुसन्धानदाताले पाए । 

‘बजारमा सहजै उपलब्ध हुने भएकाले अभिभाविकले बच्चालाई ती चीनियुक्त स्न्याक्स दिन्छन् । सहजै पाइने र खुवाउन पनि सहज हुने भएकाले यो रोजाईमा पर्छ । ’

प्राइस बालबालिकाले उपभोग गर्ने कुल क्यालोरीको एक चौथाई हिस्सा अस्वस्थकर स्रोतबाट आइरहेको तथ्यबाट अचम्मित पर्दैं विस्तारै विश्वभरी यही  ‘ट्रेण्ड’ सेट भएको बताइन् । 

अध्ययन अवलोकनात्मक भएकाले त्यसले कारण र प्रभावमा त्यति ख्याल दिएको छैन तर अनुसन्धानमा संलग्न लेखकले जंक खानाले बालबालिकाको वृद्धिमै गर्न सक्ने असरबारे थप अनुसन्धान गर्न आह्वान गरेका छन् ।  

Photograph: Narendra Shrestha/EPA

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप