शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेक्सिको सीमामा थप सैनिक परिचालन

बिहीबार, ०२ साउन २०७६, १४ : ०३
बिहीबार, ०२ साउन २०७६

वासिङ्टन– अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न लागेको जनाएको छ । आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह प्रशासनको अनुरोधमा सेना थप गर्न लागेको रक्षा मन्त्रालयले स्पष्ट गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी सीमाबाट अवैध आप्रवासीको अमेरिका आगमनमा कडाई गर्ने घोषणा गरेयता मेक्सिको सीमाक्षेत्रमा अमेरिकी सैनिकको संख्या बढ्दै गएको छ । थप हुने सेनासहित अब सीमाक्षेत्रमा करिब छ हजार ६०० सैनिक तैनाथ हुनेछन् ।

सैनिकहरुले अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रशासनलाई सुरक्षा कार्यमा मद्दत गर्नेछन् । राष्ट्रपति ट्रम्पले सन् २०१८ को अप्रिलमा नेसनल गार्डमा आबद्ध सैनिकलाई सीमाक्षेत्रमा तैनाथ गर्नेगरी आदेश दिएका थिए । सन् २०१८ कै अक्टोबरमा पनि ठूलो संख्यामा अमेरिकी सेना मेक्सिकोको सीमाक्षेत्रमा पठाइएको थियो ।

मध्य अमेरिकी राष्ट्रहरुबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेश गर्न थालेको भन्दै त्यसलाई रोक्न ट्रम्प प्रशासनले सैनिक परिचालन गरेको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप