‘हजार जुनीसम्म’को टाइटल गीत आयुषले गाउने
काठमाडौं– भारतीय टिभी जी टीभीको रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागी हुँदै फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली फिल्मको पनि गीत गाउने भएका छन् । उनले विकास आचार्यको निर्देशन रहेको फिल्म ‘हजार जुनीसम्म’को टाइटल गीत गाउने भएका हुन् । बालकलाकार अनुभव रेग्मीको अभिनय रहने गीत आयुषको स्वरमा रेकर्ड तयारी गरेको निर्देशक विकासले बताए । गीत केही दिनमा रेकड गरिने विकासको भनाई रहेको छ ।
फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, संचिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा उदयराज सोताङ्ग, राजनराज शिवाकोटी, वसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ