वडाध्यक्षको कुटाइबाट बालक घाइते
दाङ– दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेका छन् ।
आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन् ।
हिजो बेलुका वडाध्यक्षको घर अगाडि खेलिरहेका केही बालबालिकामध्ये बालक घर्तीले फूल टिपेको आरोपमा अध्यक्ष सार्कीले कुटपिट गरी घाइते बनाएको बालकका आमा रैमता घर्तीले बताए । कुटपिटबाट बायाँ कान र पेटमा चोट लागेको बालकले बताएका छन् । उनको बायाँ गालामा निलडामसमेत देखिएको छ । बालक घर्तीको घोराही नयाँबजारस्थित नयाँबजार नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टरमा भर्ना गरेर उपचार गरिएको छ ।
बालकको कानमा केही फोहरसमेत जम्मा भएका कारण जालीको अवस्था के छ भन्नेबारेमा एक सातापछि फोहर निकालेर मात्रै भन्न सकिने डाक्टर विक्रम बुढाथोकीले बताए । बालकको कानको अवस्था गम्भीर नभए पनि जालीमा समस्या छ छैन भन्नेबारेमा एक सातापछि मात्रै थाहा हुने उनको भनाइ छ ।
रातभर कान दुखेर बालक छट्पटाएपछि बिहान अस्पताल लिएर आएको आमा रैमता घर्तीले बताए । वडाध्यक्षले उपचार खर्च दिनुको साटो फूल टिपेको पाँच हजार मागेकोसमेत घर्तीले बताए तर बालकले फूल नै नटिपेको बताए । उता वडाध्यक्ष सार्कीले बदमासी गरेका कारण सम्झाउँदै सामान्य एक थप्पड टाउकामा हानेको स्वीकार गरेका छन् । उनले उपचारका लागि खर्च दिनेसमेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा