केन्द्रीय संस्करण

सिके राउतको जीवनमा आधारित चलचित्र निर्माण हुने

person explore access_timeसाउन २, २०७६ chat_bubble_outline1

 मधेसका चर्चित नेता डा. सिके राउतको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको छ ।

बुधबार राजधानीको ‘क्युज सिनेमा’मा आयोजित कार्यक्रममा ‘डा.सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारित र ५० प्रतिशत फिल्मी कथा जोडेर चलचित्र निर्माण हुने जानकारी दिइयो । 

चलचित्र आउँदो छठ पर्वमा प्रदर्शन हुने समेत जानकारी गराइयो । विजेता गिरीको प्रस्तुति रहने चलचित्रको कार्यक्रममा चलचित्रको टिजर सार्बजनिक पनि गरिएको थियो ।

चलचित्र ‘डा.सिके राउत द प्यासन’ घोषणा कार्यक्रममा निर्माण कम्पनी माँ राधिका इन्टरनेशनल मुभिजले केक काटेको थियो । 

डा. सिके राउतको उपस्थिती रहेको कार्यक्रममा चलचित्रको निर्माण टिम र कलाकारबीच परिचय आदानप्रदान कार्यक्रम समेत भएको थियो ।  डा. राउतले आफूलाई डेढ महिनाअघि चलचित्र निर्माण टीमले भेट्न खोजेको र चलचित्र निर्माणप्रति जोश र जागर देख्दा उक्त टिमप्रति आफू सकारात्मक भएको बताए । ‘मलाई भेट्न आउँदा खासै बिश्वास लागेको थिएन । पछि उहाँहरुले पटक पटक भेट्न खोज्दा समय दिएँ र पछि राम्रो मान्छे भेटेँ भन्ने लाग्यो ।’ राउतले कार्यक्रममा भने ।

बाबुको लगानीमा बन्ने चलचित्रलाई सन्तोष साहले निर्देशन गर्नेछन् । चलचित्रमा भोजपुरी चलचित्रका सुपर पावर भनेर चिनिएका परदेशी शाहले डा. सिके राउतको भूमिका निभाउने छन्। 

चलचित्रमा परदेशीका अलावा धुर्ब कोइराला,पुकार भट्टराई,बिशाल पहाडी,किरण थापा लगाएतका कलाकारको मुख्य अभिनय रहनेछ । एसोसियट निर्देशक नबराज शर्मा रहने चलचित्रलाइ पवन गौतमले छायांकन गर्नेछन् ।

 रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ। चलचित्र नेपाली, भोजपुरी र हिन्दी भाषामा बन्ने छ। चलचित्रको लागत डेढ करोड अनुमान गरिएको छ ।

कमेन्ट

  1. July 18, 2019, 10:43 a.m. Rajesh Maurya
    Acha hi sir .app mahan hi
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...