सालीसँग हिमचिम, श्रीमतीको हत्या
हराएको २५ दिनपछि पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्यो । श्रमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय धाएका श्रीमान रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए ।
प्रहरी अनुसन्धानमा रमेशले नै लक्ष्मीको योजनावद्ध हत्या गरेको खुल्यो । हत्याको कारण थियो–सालीसँगको हिमचिम ।
रमेश पोखरा रामबजारमा रहेको भारतीय पेन्सन क्याम्पनजिकै मोबाइल पसल चलाउँथे । ८ वर्षीया छोरी र ४ वर्षीय छोरासँग २७ वर्षीय लक्ष्मी घरमै बस्थिन् । श्रीमानलाई हरेक बिहान पसलमै खाना पुर्याउँथिन् । उनलाई छालाको एलर्जी थियो । अनेक उपचार गर्दा पनि निको भएको थिएन ।
केही समयदेखि रमेशको हिमचिम लक्ष्मीको मामाकी छोरी अनु परियारसँग रहेको पत्ता लाग्यो । अनुसँगको सम्बन्धबारे वर्षदिन अघि लक्ष्मीले चाल पाएपछि त्यसैमा घरझगडा भएको बयान माइती पक्षले बयान दिए । यो समाचार आजको कान्तिपुर दैनिकमा दीपक परियारले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद