शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शंकास्पद सिफारिस प्रकरणः युएई दूतावासका प्रवक्तालाई परराष्ट्रले बोलायो

बुधबार, ०१ साउन २०७६, २२ : १५
बुधबार, ०१ साउन २०७६

काठमाडौं/युएई– सरकारले संयुक्त अरव इमिरेट्स (युएई) स्थित नेपाली दूतावास अबुधावीमा कार्यरत एक कर्मचारीलाई नेपाल फिर्ता बोलाएको छ । 

 उपनियोग प्रमुख तथा दूतावासका प्रवक्ता सागर फुयाँललाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको हो । 

उनलाई मन्त्रालयले एक पत्र पठाउँदै २१ दिनभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको युएईस्थित नेपाली दूतावसका एक उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिए । उनले दूतावासलाई मन्त्रालयको पत्र केही दिनअघि प्राप्त भएको पनि बताए । 

अहिले काम विशेषले नेपालमा रहेका फुयाँल मन्त्रालयको पत्र प्राप्त भएपछि यहीँ रोकिएको बताइएको छ ।  पत्रमा उल्लेख भएको विषय दूतावासले गोप्य राखेको भएपनि दूतावासले जारी गर्दै आएको सिफारिसपत्र (नो अब्जेक्सन सर्टिफिकेट–एनओसी) को विषय उल्लेख रहेको स्रोतको दाबी छ । 

 आबुधाबीस्थित नेपाली दूतावासले दुबई जाने नेपालीका लागि ठूलो संख्यामा एनओसी जारी गर्दै आएको खुलासा भएको थियो । 

नेपाली दूतावास युएईको तथ्याङ्क  अनुसार दैनिक १५ देखि २० वटा एनओसी दूतावासबाट जारी हुने गरेको छ। तर नेपालको अध्यागमनमा दैनिक २०० सय भन्दा बढी नेपालीहरू युएई भित्रिने गरेको पाइन्छ। यसबारे खुलासा भएपछि असार २९ गते दूतावासले सूचना जारी गर्दै एनओसी जारी गर्ने काम बन्द गरिएको जनाएको थियो । 

यसअघि युएईमा रहेका नेपालीले दूतावास मार्फत आफन्तहरुलाई युएई भ्रमणमा आउनको लागि मापदण्ड तोकेर (बाबु, आमा, सासु, ससुरा, छोरा, छोरी, श्रीमान,श्रीमती) को नाता प्रमाणित गरेर सिफारिस पत्र (एनओसी) लिँदै आएका थिए । 

भिजिट भिषामा आएका नेपालीले यहाँ आएर कामदार रुपमा काम गर्ने र समस्या पर्दा उद्दारमा समस्या देखिए पछि नेपाल सरकारले युएईमा भिजिट भिषामा आउन रोक लगाएको थियो । तर  दूतावासले एनओसी दिएका नेपालीहरू  सहज रूपमा युएई आउने सक्थे।

यही बीचमा राजदूतावास युएईको एनओसी  दुरुपयोग गर्दै मोटो रकम लिएर भिजिट भिषाको सिफारिस हुने  गरेको भन्दै सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि परराष्ट्र र  गृहमन्त्रालयले तत्काल  रोक्न निर्देशन दिएपछि एनओसी बन्द भएको हो । 

अझै पनि दलाललाई मोटो रकम बुझाएर सेटिङ्गमा भिजिट भिषामा युएई आउने नेपालीहरु थुप्रै भेटिन्छन् ।अध्यागमनले वास्तविक रुपमा भिजिट भिषामा घुम्न आउनेहरुलाई विमानस्थलबाट फर्काउने र सेटिङ्गमार्फत आउनेहरुलाई विना रोकतोक आउने गरेका उदाहरणहरु प्रशस्त भेटिन्छन् ।

 दूतावासकै कर्मचारीको मिलेमतोमा एनओसीको दुरुपयोग हुने गरेको युएईमा कार्यरत सरोकारवालाहरु बताउँछन् । 
यसैबीच परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले फुयाललाई फिर्ता बोलाइएकोबारे आफूलाई जानकारी नभएको बताए । बरु फुयाँल उपसचिव भएकाले नियमित सरुवा भएको हुनसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप