एनआरएन आईसिसी युवा संयोजक पदमा कार्कीको उम्मेद्वारीको घोषणा
-विनोद श्रेष्ठ
यूएई– गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरास्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य सुदीप कार्कीले आगामी कार्यकालको लागि युवा संयोजक पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
विगत १५ बर्ष देखि यूएईमा कार्यरत कार्की एनसीसी यूएईको निवर्तमान अध्यक्ष हुन् । कार्की ३० बर्षको उमेरमै सन् २०१५ मा एनआरएनए एनसीसी यूएईका अध्यक्ष बनेका थिए । कार्कीका अनुसार उनी एनआरएनएको इतिहासमा सबैभन्दा कम उमेरका एनसीसी अध्यक्ष हुन् ।
विश्वभरका युवाहरुलाई संयोजन गर्दै नेपाल र नेपालीको हकहितमा समर्पित हुने कार्कीको भनाई रहेको छ । विभिन्न देशहरुमा छरिएर रहेका नेपाली युवाहरुको अभुतपूर्व क्षमतालाई नेपाल निर्माणमा जोड्ने गर्न प्रयास गर्नेछु,‘ रातोपाटीसँगको कुराकानीमा कार्कीले भने, अबको युग युवाहरुको युग हो भन्ने मान्यतालाई स्थापित गर्न लाग्नेछु, त्यसको लागि मसँग केही खास योजनाहरु छन् । त्यसैले मैले युवा संयोजक पद रोजेको हुँँ । कार्कीले अन्तराष्ट्रिय क्षेत्रमा छरिएर रहेका युवाहरुको शक्तिलाई एकीकृत गर्दै खेलकुदको बिकासमा जोड दिने बताए ।
कार्कीले आईसीसी सदस्य भएर विश्वका बिभिन्न मुलुकहरुमा सम्पन्न भएका एनआरएनए भेला तथा सेमिनारहरुमा सकृय रुपमा भाग लिने गरेका छन् । अन्तरास्ट्रिय फोरमहरुमा उपस्थित भएर उनले विश्वभरका युवाहरुसँग राम्रो सम्बन्ध स्थापित गरेकोले पनि उनलाई युवा संयोजकको बलियो उम्मेद्वारको रुपमा हेरिएको छ ।
एनआरएन आईसीसीको अधिवेशन आगामी ओक्टोबर १३ तारिक देखि काठमाडौंमा शुरु हुँदैछ । अधिवेशनको मिति तोकिएसँगै विश्वभरमा एनआरएनको सरागर्मी बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद