राष्ट्र बैंकको नेप्सेमा रहेको सेयरका लागि आवेदन खुल्यो, क–कसले पाउँछन् फर्म भर्न ?
काठमाडौं– नेपाल राष्ट्र बैंकको नेपाल स्टक एक्सचेन्जमा रहेको सेयर बिक्रिका लागि आवेदन खुला भएको छ । आवेदन असार ३१ गतेदेखि खुला भएको छ । आवेदन दिने अरिुन्तम समय भदौ २ गतेसम्म हो । प्रतिसेयर सय रुपैयाँ अंकित दरको १७ लाख २९ हजार ९ सय ८९.५० कित्ता सेयरका लागि आवेदन खुलेको हो ।
यो सेयर खरिद गर्न चाहने बैंक तथा वित्तिय संस्था, धितोपत्र व्यवसायी, सुचिकृत संगठित संस्थाले आवेदन भदौ २ गतेसम्म दिइसक्नुपर्नेछ । प्रतिकित्ता के कति दररेटमा लिन चाहेको हो सो खुलाइ नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभागमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।
सेयर खरिदका लागि आवेदन गर्दा नेपाल स्टक एक्सचेन्जको कुल पुँजीको पाँच प्रतिशत र बढीमा १० प्रतिशतसम्म हुनेगरी आवेदन पेश गर्नुपर्नेछ । सेयरको न्युनतम मूल्य प्रतिसेयर एक हजार ३२ रुपैयाँ वा सो भन्दा बढी मूल्य राखेर आवेदन दिनुपर्नेछ । आवेदनको लागि ५ सयको भौचर भर्नुपर्नेछ । सो बोलपत्र भदौ ४ गते बिहान ११ बजे खोलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा