विप्लव समूहसँग वार्ता भएपनि त्यसले औपचारिकता पाउन सकेन : पाण्डे
काठमाडौं– राजनीतिक वार्ता टोलीका पूर्व संयोजक सोमप्रसाद पाण्डेले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता भएपनि त्यसले औपचारिकता पाउन नसकेको बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफुलाई सरकारले दिएको संयोजकको जिम्मेवारीको समय सकिएकाले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता र छलफल भएपनि औपचारिकता प्राप्त गर्न नसकेको बताएका हुन् ।
सरकारले पाण्डेको संयोजकत्वमा २०७५ साल भदौ ८ गते उच्चस्तरीय राजनीतिक वार्ता टोली बनाएको थियो । संयोजकका लागि पाण्डेलाई सरकारले दिएको समय सकिएको छ । नेकपाका सांसद समेत रहेका पाण्डेले आफूले विप्लव समूहका केन्द्रीय सदस्य गुणराज लोहनी लगायत पोलिटव्यूरो सदस्यहरुसँग छलफल गरेको भएपनि सञ्चारमाध्यममा आएजस्तो नभएको स्पष्ट पारे ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले काँग्रेस वार्ता तथा संवादको पक्षमा रहेको भन्दै वार्तामार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखे ।
राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले राजनीतिक परिर्वतनपछि पनि जनताले चाहे अनुसारको सुशासन कायम हुन नसक्दा समस्या श्रृजना भएको भन्ने कुरालाई ठुला दलका शीर्ष नेता र सरकारले बुझ्नुपर्ने बताए । समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारलाई वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस
-
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन