बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डुवान क्षेत्रमा नेता  र मन्त्रीहरुको लर्को, कसले के भने ?

बुधबार, ०१ साउन २०७६, १९ : ०२
बुधबार, ०१ साउन २०७६

जनकपुर– उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले तराई मधेशमा बाढीको प्रमुख कारण चूरे क्षेत्रको संरक्षण अभाव भएको बताएका छन् । प्रदेश नम्बर २ को ८ जिल्लामा अविरल वर्षाका कारण आएको बाढी अनुगमनको क्रममा उपप्रधानमन्त्री यादवले बाढीको स्थायी समाधान चूरे संरक्षण भएको बताएका हुन् ।

उनले चूरे संरक्षण नहुँदा प्रत्येक वर्ष बाढीमा तराई त्राहिमाम हुने गरेको बताउँदै चूरे बचाउनुको विकल्प नरहेको जिकिर गरे । चूरे क्षेत्रमा वस्ती बसाउनु तथा सडक निर्माण गर्नु पूर्ण प्रतिबन्ध बाढीमा स्थायी समाधान रहेको उनको भनाई थियो । उनले प्रदेश २ को बाढी प्रभावित क्षेत्रका लागि तीन स्थानमा स्वास्थ्य शिविरको आयोजना गरिएको समेत बताए ।

प्रदेश नम्बर २ का प्रमुख सचिव दिपक सुवेदीसँग बाढीको प्रादेशिक अवस्था बुझ्दै गृहमन्त्री रामबहादुर थापा बादलले बाढीबाट भएको क्षतिको यकिन विवरण आएपछि सरकारले राहत तथा पुनःस्र्थापनामा सघाउने बताए । सरकारले बाढी प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण कार्य सुरु गर्ने समेत उनले बताए ।

उनले चूरे पहाड क्षेत्र विनासका कारण तराई मरुभूमिमा परिणत हुने अवस्थामा पुगेको बताए । उनले तराई मधेशको समस्यालाई नीतिगत रुपमा दिर्घकालिन सुधारका लागि सरकारले विपद् प्राधिकरणको थालनी गरिसकेको बताए । उनी चुरे पहाड क्षेत्रको अवस्थाप्रति निकै चिन्तित देखिए ।

गृहमन्त्रीको जवाफमा प्रतिपक्षी दल राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक अनिल झाले राहतमा सरकारले राजनीति गरेको आरोप लगाए । उनले सरकारलाई पटक–पटक तराई मधेशको वास्तविक बाढी पीडितलाई ‘ख’ वर्ग र अवास्तविकलाई छुट्टै वर्गको राहत वितरण गरेको आरोप लगाए ।

प्रदेश सरकारको बाढी बिफ्रिङ्गपछि उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले  बाढीले कमला, बकैया, वाग्मती सहितका नदीमा भएको क्षतिलाई यकिन गरेर तत्काल ममर्तमा रकम अभाव हुन नदिने प्रतिबद्धता जनाए । उनले बाढी आउनुपूर्व नै सचेत गराउँदा गराउँदै ठूलो क्षतिमा सरकार सदैव जनताको साथ रहेको बताए ।

बाढी प्रभावित प्रदेश २ को रौतहट, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा लगायतको निरीक्षण गर्न उपप्रधानमन्त्री यादवका साथमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, ऊर्जा जलश्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुन, संसदको विकास समितिका सभापति कल्याणी खड्का, संघीय सांसद प्रभु साह, राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी लगायतको टोलीले बाढीले क्षति पुर्याएको अवस्था तथा राहत एवं उद्धार कार्यको अवलोकन गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप