यसरी भयो बाढी पीडित जनतासँगै पशुपंक्षिहरुको पनि उद्वार (फोटो फिचर)
काठमाडौं– बाढीबाट प्रभावित तराईका विभिन्न जिल्लाहरुमा पशुपंक्षिहरुको उद्वार तथा उपचार गरिएको छ ।
पशु कल्याणकारी संस्था स्नेहाज केयर र नेपाल भेटेरनरी एसोशिएसनले संयुक्त रुपमा बाढी तथा डुबानमा परेका तराईका रौतहट, बारा तथा सप्तरी जिल्लाका प्रभावित जीव जनावरहरु तथा मानिसहरुका लागि कार्य गरिरहेको स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले बताईन् ।
बाढीपछि डुबानमा परेका बस्तीहरु, बाढीमा फसेका जनावरहरु तथा मानिसहरुका लागि सहायता गरिरहेको उनले बताईन् । प्राकृतिक विपत्तिका समयमा मानवीय सहायताको लागि पहल हुने गरेता पनि पशु पंक्षिहरुको लागि खासै चासो नराखिने भएकोले आफूहरुले पशुपंक्षिहरुको उद्वारमा ध्यान दिएको श्रेष्ठले बताईन् ।
नेपाल भेटेरिनरी एसोसियसनका अध्यक्ष डा. शितलकाजि श्रेष्ठले अविरल वर्षापछि तराईका जिल्लाहरुमा आपतकालिन सहायताका लागि अहिले आवश्यक भेटेरनरी औषधि तथा ¥याफ्टीङ बोटसहित टोलि फिल्डमा उद्वार कार्यका लागि जुटेको बताए ।
हाल दुवै संस्थाका १४ जनाको टोली निरन्तर रुपमा तराईका जिल्लाहरुमा सहायताको लागि खटिएका छन् । हालसम्म बाढी प्रभावित रौतहट, बारा तथा सप्तरिका ५०० भन्दा बढी जनावरहरुलाई उपचार गरिएको छ भने बाढीपछि पशुहरुमा फैलन सक्ने महामारी नियन्त्रणका लागि आवश्यक खोप लगाउने कार्य समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार