कर्मचारीहरुको कार्यशैलीमा परिवर्तन नभएसम्म समृद्धि सम्भव छैन : मन्त्री यादव
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कर्मचारीहरुको कार्यशैलीमा परिवर्तन नभएसम्म मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनै नसकिने बताएका छन् । मन्त्री यादवले सरकारले लिएको समृद्धिको राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई सचेत गराए ।
बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३२ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न कर्मचारीहरु प्रतिवद्ध हुनुपर्ने पनि स्पष्ट पारे । उनले कर्मचारीहरुले नदीमा आएको छालजस्तो गतिविधि गर्न नहुने पनि दोहो¥याए ।
मन्त्री यादवले कर्मचारीहरुले शासक नभई जनताको सेवकको रुपमा काम गर्नुपर्ने पनि बताए । नेता र कर्मचारीले शासक र प्रशासकको रुपमा काम गर्ने गरेकाले जनताले आफ्नो सेवा पाउन नसकेको मन्त्री यादवको स्विकारोक्ती छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा