शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वर्ण जयन्ती मनाउँदै डीडीसी : लाङ्गटाङ्गको चिज उत्पादनदेखि राष्ट्रकै समुन्नत कम्पनीसम्म

बुधबार, ०१ साउन २०७६, १७ : १७
बुधबार, ०१ साउन २०७६

काठमाडौं– डीडीसीले आफ्नो स्थापना कालको ५० वर्ष पुरा गरेको छ । नेपाली डेरी क्षेत्रमा स्थापित दुग्ध सस्था डीडीसीले हालैमात्र ५० वर्ष पूरा गरेर ५१ औं वर्षमा प्रवेश गरेको हो । यसै अवसरमा कम्पनीले राजधानीमा आफ्नो स्वर्णमहोत्सव तथा ५१ औैं वार्षिकत्सव धुमधामले मनाएको छ ।

वि.सं. २००९ सालमा रसुवाको लाङ्गटाङ्गबाट चिज उत्पादन थालेको डीडीसीले विभिन्न स्थानमादुध संकलन केन्द्र, प्रशोधन केन्द्र, विक्री केन्द्र स्थापना गर्दै हाल नेपालभर आफ्नो विशाल डेरी सञ्जाल फिजाउन सफल भएको छ । हाल डीडीसीले ५ प्रदेशका ४६ जिल्लाहरुमा आफ्नो व्यवसायीक उपस्थिति जनाइसकेको छ । 

हाल डीडीसीले ४६ जिल्लाहरुबाट १२०० दुग्ध उत्पादक सहकारी संस्थाहरुमार्फत करिब २ लाख किसानहरुको संलग्नतामा स्थानिय दूध संकलन गर्दै डेरी उत्पादनहरु बजारमा दिईरहेको छ । यो संस्थाले आफ्ना ६५ वटा चिस्यान केन्द्र, ८ वटा प्रशोधन केन्द्रहरुबाट प्रशोधित तथा उत्पादित डेरी उत्पादनहरु बजारमा विक्री वितरण गर्दै आएको छ । 

साथै हालसम्म कम्पनीको १० वटा याक चिज उत्पादन कारखाना, एक पशु आहार उत्पादन कारखाना र प्रतिदिन ६ मेट्रिक टन सम्म उत्पादन दिन सक्ने विराटनगर धुलो दूध कारखाना रहेको छ ।  हाल डीडीसीले वार्षिक ९ अर्ब माथिको डेरी उत्पादनको कारोबार गर्दै आएको छ । आर्थिक वर्ष २०७५/७६ को ९ महिनामा मात्र डीडीसीले ५७ करोड माथिको नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्ष २०७४/७५ मा डीडीसीले ९ अर्बको कारोबार गर्दै ५९ करोड माथिको नाफा कमाएको थियो । 

गत वर्ष यस कम्पनीले ४ अर्ब ६८ लाख ८६ हजार ८ सय एक रुपैयाँ ८९ पैसा खर्च गर्दै ३ अर्ब ९८ करोड ३९ लाख ३ हजार ८३ रुपैयाको डेरी उत्पादन कारोबार गर्न सफल भएको थियो । यस बाहेक कम्पनीले ८ अर्ब माथिको विविध आम्दानी गरेको थियो भने कम्पनीले यसबाट ४ अर्ब ६ करोड ६० लाख ८० हजार ९ सय ४४ रुपैयाँ खुद नाफा गर्न सफल भएको थियो । 

डीडी कम्पनी वि.सं. २००९ सालमा स्विस सरकारको सहयोगमा लाङ्गटाङ्ग चिज उत्पादन कम्पनीको रुपमा स्थापना भएको थियो । पछि भुकम्पले क्षति पु¥याएपछि स्विस सरकारकै सहयोगमा यो कम्पनी पुनः संचालनमा आएको छ । 

हाल डीडीसीले प्रदेश नं १ बाट विराटनगर, प्रदेशन नं २ जनकपुर, प्रदेश नं ३ काठमाडौं, प्रदेश नं ५ लुम्बिनी र सुदुरपश्चिमको धनगढीमा मुख्यमुख्य कम्पनी स्थापना गर्दै डीडीसीले डेरी उत्पादन देशैभरी विक्री वितरण गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप