बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एभरेष्ट बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा विशेष छुट

बुधबार, ०१ साउन २०७६, १७ : १०
बुधबार, ०१ साउन २०७६

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ब्लु क्रस अस्पतालसँग साझेदारी गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालले हाल ५५ वटा बेडमार्फत सेवा प्रदान गरिरहेको छ । एभरेष्ट बैंक र ब्लु क्रस अस्पतालबीचको एमओयू अनुसार ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउँनेछन् । 

ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप