शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कारबाहीमा परी आठ तालिबान लडाकू मारिए

बुधबार, ०१ साउन २०७६, १६ : २६
बुधबार, ०१ साउन २०७६

एजेन्सी-देशको दक्षिणी प्रान्त हेलमान्डमा अफगान सेनाले शुरु गरेको कारबाहीको क्रममा कम्तीमा आठ तालिबान लडाकू मारिएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ ।

हेलमान्ड प्रान्तको प्रायः अशान्त भइरहने जिल्ला कजाकीमा अफगान सेनाले गरेको हवाई र स्थलगत कारबाहीमा परी आठ लडाकू मारिनुको साथै कैयौ हातहतियार कब्जा गरिएको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । 

 सो स्थानमा तालिाबान लडाकू लुकेर बसेका ३५ भन्दा बढी बासस्थान ध्वस्त भएको बताइएको छ ।  तर यस कारबाहीको क्रममा सर्वसाधारण नागरिकतर्फ भने कुनै क्षति नभएको जनाइएको छ ।
 यस कारबाहीको विषयमा सरकारसँग लडाइ गरिरहेका तालिबान लडाकू समूहले पनि कुनै टिप्पणी गरेका छैनन् । –सिन्हवा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप