मुम्बईमा घर भत्किँदा १४ जनाको मृत्यु
बुधबार, ०१ साउन २०७६, १६ : १८
मुम्बई– भारतको मुम्बईस्थित डोङ्ग्री नगरमा चार तले भवन भत्किँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा अरु नौ जना घाइते भएका छन् ।
भवनमा अरु पनि मानिस च्यापिएको आशंकामा कुकुरको सहायताले खोजी कार्य अझै जारी रहेको खोज तथा उद्धार केन्द्रले जनाएको छ ।
उक्त भवन मंगलबार बिहान ११ बजे भत्किएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
स्थानीय महानगरले उक्त भवनलाई सन् २०१७ मा तत्काल भत्काउने गरी ग वर्गमा वर्गीकरण गरेको थियो । मुम्बईमा पुराना भवनहरु भत्किएर बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके