मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा डुबेर एक बालकको मृत्यु

बुधबार, ०१ साउन २०७६, १५ : ५४
बुधबार, ०१ साउन २०७६

रौतहट– बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधिमाई नगरपालिका–९ का उपेन्द्र साहका आठ वर्षीय छोरा रन्जित छन् । 

खोलामा नुहाउने क्रममा डुबेर सोमबार उनको मृत्यु भएको प्रहरी चौकी बंकुलका प्रहरी नायब निरीक्षक कल्याण आले मगरले जनाएका छन् । उनको शव परिवारको जिम्मा लगाइएको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप