बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सांसद र वडा अध्यक्षले बाढी पीडितमाथि हातपात गरेको आरोप

बुधबार, ०१ साउन २०७६, १० : ५५
बुधबार, ०१ साउन २०७६

जनकपुर–राहत तथा उद्धारका विषयमा कुराकानी गर्न वडा अध्यक्षको घरमा पुगेका बाढी पीडितहरुलाई समाजवादी पार्टी, नेपालका प्रदेश २ का प्रदेशसभा सदस्य रामआषिश यादव र उनका भाइ वडा अध्यक्ष प्रमेश्वर यादवले हातपात गरेको आरोप लागेको छ ।   

जनकपुर उपमहानगरपालिका वडा नम्बर १७ का बाढी पीडित राहत र सहयोग नपाएपछि गुनासो गर्नका लागि वडा अध्यक्ष प्रमेश्वर यादवको घर पुगको थिए । त्यहाँ गएर प्रदेश सांसद र वडाअध्यक्षको विरोधमा नारावाजी गर्न लाग्दा दुवै भाइले हातपात गरी भगाएको आरोप उनीहरुले लगाएका छन् ।

वडा अध्यक्ष यादवले भने योग शिविर सञ्चालन भइरहेको बेला एक युवाको समूहले अनावश्यक नारा लगाएकाले शिविरमा आएका व्यक्तिहरुले कुटपिट गरेको दावी गरे । 

उनले भने, ‘बाढी सबैतिर आएको छ, कुरा के हो बसेर गरौं भन्दा उनीहरुले कुरै गर्न मानेनन्, हुलदंगा गर्न थालेपछि त्यही शिविरमा आएका व्यक्तिहरुले सामान्य कुटपिट गरको हुन् ।’ आफू र प्रदेशसभा सदस्य यादवले घटनामा संलग्नता नरहेको उनले बताए । 

कुटपिटबाट केही युवा अस्पताल पनि भर्ना भएका छन् । अस्पताल भर्ना भएकालाई वडा अध्यक्ष यादवले नाटकको संज्ञा दिए । उनले भने, उनीहरुलाई केही भएको छैन तर बदनाम गराउने उद्देश्यले अस्पताल भर्नाका भएका छन् ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप