शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रकृया रद्ध, पुनः आवेदन माग

बुधबार, ०१ साउन २०७६, १० : ४७
बुधबार, ०१ साउन २०७६

काठमाडौँ– सरकारले यसअघि चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि मागेको आवेदन रद्ध गर्दै पुनः आह्वान गरेको छ । 

गत असार ९ गते पहिलो पटक सूचना निकालेर दरखास्त मागेको आयोगले आवेदन परेका छ जनाको दरखास्त रद्द गर्दै  पुनः १५ दिने दरखास्त माग गरेको हो । 

यसअघि दरखास्त परेकामध्ये योग्यता पुगेको पुष्टि भएका कागजात पेस नगरेको नाम सिफारिस समितिको ठहर छ ।  

आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै यही साउन साउन १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरी दरखास्त दिन भनेको छ । जारी सूचनामा आवेदन दिने उम्मेदवारको उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । 
यसअघि ६१ वर्ष मुनिका व्यक्तिले मात्र दरखास्त दिन पाउने व्यवस्था राखिएको थियो ।

डा. गोविन्द केसीले आयोगमा परेका आवेदनहरु उपाध्यक्ष पदका लागि अयोग्य भएको भन्दै प्रकृया रोक्न माग गरेका थिए । डा. केसीले गत बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै आयोगको उपाध्यक्ष पदका लागि योग्य भन्दा पनि अयोग्यहरुको निवेदन परेको भन्दै निवेदन परेकाहरुबाटै नियुक्ति गर्न नमिल्ने भएकाले प्रकृया रोक्न माग गरेका थिए ।

 यसअघि आयोगको उपाध्यक्षका लागि श्रीकृष्ण गिरी, पारस पोखरेल, नीलमणि उपाध्याय, प्रमोदकुमार सरा र रमेशप्रसाद सिंहले आवेदन दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप