मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

साउनको रमझम : हरियो चुरा, हरियै मेहेन्दी !

बुधबार, ०१ साउन २०७६, ०९ : ४१
बुधबार, ०१ साउन २०७६

काठमाडौं– राजधानीको असन–इन्द्रचोक क्षेत्र यसैपनि ग्राहकहरुको भीडभाड हुन्छ । त्यसमाथि साउनमा महिलाहरुमा रहेको हरिया–पहेँला चुरा–पोतेको क्रेजले गर्दा यो क्षेत्रमा थप भीडभाड देखिन्छ ।

साउन लागेसँगै इन्द्रचोक र असनका गल्लीहरुमा रहेका चुरा–पोते व्यापारीहरुलाई अहिले भ्याइनभ्याई छ । उनीहरु विगतको तुलनामा साउनमा व्यापार राम्रो हुने बताउँछन् ।

साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग हुन्छ ।  रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ ।

पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले फेसनका रूपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएपनि साउनका सबै दिनलाई उत्तिकै महत्त्वका रूपमा लिइन्छ ।

साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेमको, रातोलाई शौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ ।

त्यस्तै, मेहेन्दीले हात रङ्ग्याउनेको पनि भीड उत्तिकै छ । साउन महिनामा हात आकर्षक डिजाइनमा मेहेन्दी लगाउनेहरुको संख्या पनि बढिरहेको छ ।

हेरौँ केही तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप