तस्विरमा हेर्नुहोस् दुर्लभ योगमा लागेको चन्द्रग्रहण
बुधबार, ०१ साउन २०७६, ०९ : १३
मंगलबार राति खण्डग्रास चन्द्र ग्रहण लागेको छ । आषाढ शुक्ल पूर्णिमाका दिन ग्रहण लाग्ने भएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलका अनुसार ग्रहणले राति १:४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गरेको थियो । त्यस्तै, बिहान ३:१५ मा ग्रहणको मध्यकाल हुने र बिहान ४:४५ मा मोक्षकाल अर्थात ग्रहण सकिएको उनले बताए ।
पूरा तीन घण्टासम्म लाग्ने यो ग्रहण १४९ वर्ष पहिले यस्तै दुर्लभ योगमा लागेको थियो ।
सन् १८७० जुलाई १२ मा गुरु पूर्णिमामा नै ग्रहण लागेको थियो ।
तलका तस्विरहरु वीरगञ्जको आकाशमा राती २ बजेर १० मिनेट देखि बिहान ४ बजेर ४५ मिनेट जाँदासम्म खिचिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस