शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भोजपुरमा पोखरीमा डुबेर दुईको मृत्यु

बुधबार, ०१ साउन २०७६, ०८ : ४९
बुधबार, ०१ साउन २०७६

जिल्लाको आमचोक गाउँपालिका–२ यूँमा पोखरीमा डुबेर दुईजनाको ज्यान गएको छ । 

मंगलबार बेलुका आमचोक थामडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्र्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

घरबाट मंगलबार दिउँसो घुम्न हिंडेका दुबैजना पानी जम्मा गरि राखेको  पोखरीमा साँझ भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।   

मृतक दुबै जनाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप