टाउकोमा गहिरो चोट लागेको अवस्थामा सडकमै भेटियो शव
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग) को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् ।
रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो । घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट देखिएको छ ।
शव नजिकै थापाको प्रदेश–०२–००१प ३०५४ नंको स्कुटर ठिक अवस्थामा र हेलमेट भने फुटेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए ।
प्रहरीले अवस्था यकिन गर्न शव तत्काल बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु¥याएको थियो । त्यहाँ चिकित्सकले मृत घोषणा गरेपछि शव परीक्षणका लागि अहिले जनकपुर अञ्चल अस्पताल पठाउन लागिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
घटना सडक दुघर्टना वा नियोजित नै पनि हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्ष र तीन सदस्यमा आवेदन आह्वान
-
म्याग्दीको विकट खतेन गाउँमा विद्युत सेवा विस्तार
-
फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरू डिजिटल वालेट
-
दिल्ली क्यापिटल्सले २० रनले हरायो राजस्थान रोयल्सलाई
-
वनमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ
-
सुदूरपश्चिम सरकार विवाद पूर्ण इजलासमा पठाइयो