शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डोनल्ड ट्रम्पको बयानविरुद्ध अमेरिकी संसदमा प्रस्ताव पारित

बुधबार, ०१ साउन २०७६, ०८ : ०९
बुधबार, ०१ साउन २०७६

बीबीसी

चार महिला सांसदमाथि कथित रुपमा जातीवादी टिप्पणीपछि अमेरिकाको प्रतिनिधी सभाले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि विरोध प्रस्ताव पारित गरेको छ ।

प्रस्तावमा ट्रम्पको टिप्पणीलाई जातीवादी बताउँदै यसले नयाँ अमेरिकीहरुप्रति भय र घृणालाई वैध गरेको बताइएको छ ।

१८७ डेमोक्रेटिक सदस्य भएको प्रतिनिधी सभामा यो प्रस्ताव २४० भोटले पास भयो । यसको सिधा अर्थ यो हो कि अन्य सदस्यले पनि यसमा आफ्नो समर्थन जताएका छन् ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चार महिला सांसदमाथि गरिएको ट्वीटर हमलाको व्यापक आलोचना भइरहेको छ, मानिसहरुले उनलाई जातीवादीको संज्ञा दिइरहेका छन् । यता राष्ट्रपति ट्रम्पले आफू कुनै पनि हालतमा जातीवादी नभएको कुरा दोहोराइरहेका छन् ।

ट्रम्पले चार महिला सांसदलाई – जो अमेरिकी नागरिक हुन्– अमेरिका ‘छोड्न’ सल्लाह दिएका थिए ।

आफ्नो आलोचनाको जवाफमा ट्रम्पले ट्वीट गरे, ‘त्यो ट्वीट जातीवादी थिएन । म जातीवादको समर्थक होइन ।’

अमेरिकाको प्रतिनिधी सभामा उनको टिप्पणीको विरोध गर्नका लागि एक सांकेतिक प्रस्ताव ल्याइने तयारी गरिरहेका बेला उनको यो बयान सार्वजनिक भएको हो ।

यो प्रस्तावमा कुनै कानूनी बाध्यता होइन तर यो डेमोक्रेट्सको बहुमत भएको सदनमा यो पास हुने अनुमान गरिँदैछ ।

यसअघि ट्रम्पको निशानामा परेका महिला सांसद – एलेक्जेन्ड्रिया ओकासियो कोटरेज, रशिदा तलिब, आइयाना प्रेस्ली र इल्हान ओमारले उनको टिप्पणीलाई ध्यान भड्काउने बताउँदै खारेज गरेका थिए ।

उनीहरुले सोमबार एक पत्रकार सम्मेलनमा अमेरिकी जनतालाई यी टिप्पणीलाई नजरअन्दाज गरिदिन अपिल गरे ।

राष्ट्रपतिले आइतबार आफ्नो सुरुवाती ट्वीटमा यी महिलाको नाम स्पष्ट रुपमा लिएका थिएनन् तर सन्दर्भले मानिसहरुले बुझिसकेका थिए कि यो ट्वीट डेमोक्रेटिक महिला सांसदका लागि गरिएको हो जसलाई स्क्वाड भनिन्छ ।

उनले यी महिला मूल रुपमा ती देशका हुन् जसको सरकार पूर्ण रुपमा विनाशकारी छन् भन्दै विवाद निम्त्याएका थिए ।

जबकी यीमध्ये तीन महिला अमेरिकामा जन्मेका छन् भने चोथी ओमार सोमालियामा जन्मिएकी थिइन् तर बाल्यकालमा नै अमेरिका आएकी थिइन् ।

विवाद बढेपछि चारै महिलाले पत्रकासँग आफूहरुको राष्ट्रपतिको नीतिमाथि पुनः ध्यान दिइयोस् चाहना भएको बताए ।

प्रेस्लीले भनिन्, ‘यो मयंकर अराजकता र यो प्रशासनको भ्रष्ट कल्चरबाट ध्यान भड्काउने कोसिस हो ।’

तलिब र ओमारले ट्रम्पविरुद्ध महाभियोग चलाउने कुरा दोहोराएका छन् ।

मंगलबार ट्रम्पले यी महिलामाथि ‘अत्यधिक खराब र घृणायुक्त कुरा’ गरेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप