शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिकमले इन्टरनेटमा शुल्क बृद्धि नगर्ने

मङ्गलबार, ३१ असार २०७६, २३ : २४
मङ्गलबार, ३१ असार २०७६

काठमाडौ-नेपाल टेलिकमले इन्टरनेट शुल्क बृद्धि नहुने स्पष्ट पारेको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरिरहेकै बेला टेलिकमको सो निर्णय सर्वाजनिक भएको हो ।

ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखेर इन्टरनेट शुल्क वृद्धि नगरिएको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले आज विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

विज्ञप्तिमा इन्टरनेट शुल्क बढाउनुको साटो सेवाग्राहीलाई झन् बढी सहुलियत दिने उद्धेश्यका साथ समर अफर कार्यक्रम ल्याइएको समेत जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप