मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

विलासी भोज प्रकरणपछि फ्रान्सेली मन्त्रीद्वारा राजीनामा

मङ्गलबार, ३१ असार २०७६, २२ : ५६
मङ्गलबार, ३१ असार २०७६

पेरिस-फ्रान्सका वातावरणमन्त्री फ्राँस्वा दे रगीले बिहीबार राजिनामा दिएका छन् ।

मन्त्री रगीले सरकारी बजेटको दुरूपयोग, विलासी भोजका लागि अत्यधिक खर्च गरकोलगायतका आरोप लगाइएको छ । 

मन्त्री रगीले भने आफूमाथि लगाइएका उक्त आरोपहरूमा कुनै सत्यता नरहेको भनी खण्डन गर्दै आएका छन् । उनले आरोपलाई ‘सञ्चारमाध्यमको आफूमाथिको प्रहार’ भनेका छन् ।

सञ्चारमाध्यममार्फत निरन्तर आफू र परिवारमाथि भएका आक्रमणका कारण आफू पछि हटेको तर आरोप सबै सही नभएको वातावरणमन्त्रीले बताए ।

“मैले मेरो राजीनामा प्रधानमन्त्रीसमक्ष आज विहान (मङ्गलबार) बुझाएको छु” रगीले भने । उनले विदेशमन्त्रालयसमेतको जिम्मेवारी सम्हाल्दै आएका थिए र सरकारमा प्रधानमन्त्री पछिको मर्यादाक्रममा रहँदै आएका थिए । -एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप