टुंगियो नेकपाको एकता प्रक्रिया, ओली–प्रचण्डबीच सहमति
काठमाडौं– लामो छलफलपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बाँकी रहेको एकता प्रक्रिया टुंगो लागेको नेताहरुले बताएका छन् । मंगलबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलबाट एकता प्रक्रिया टुंगो लगाइएको हो ।
नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डले पटक पटक असार मसान्तभित्र एकताका बाँकी प्रक्रिया टुंगोमा पुर्याउने प्रतिवद्धता जनाएका थिए । सोही अनुसार आज करीब ३ घण्टा लामो छलफलबाट दुई अध्यक्षले एकताको टुंगो लगाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको छलफलले एकता प्रकृया टुंगो लगाएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । उनले प्राविधिक कुराहरु साउन ५ गते बस्ने सचिवालयको बैठकबाट अनुमोदन गरेर सार्वजनिक गरिने पनि बताए ।
जेठ २१ गतेदेखि तीन दिनसम्म बसेको नेकपा सचिवालको बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज, पोलिटब्युरो गठन, कार्यसमितिको कार्यविभाजन लगायतका विषयमा टुगो लगाउन अध्यक्षद्धयलाई जिम्मेवारी दिएको थियो ।
सोही अनुसार अध्यक्षद्धय अोली र प्रचण्डले एक महिना गृहकार्य गरि त्यसलाई टुंगो लगाएका हुन् ।
मंगलवार नेकपा ललितपुर कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचडले पार्टीको एकता प्रकृया आजै टुगों लगाउने घोषणा गरेका थिए ।
प्रचण्डले भनेका थिए, ‘जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार मञ्च, आयोग र विभागको विवाद टुगिंएको छ । बाँडफाँट भइसकेको छ, अब ती खाली ठाउँमा नाम भर्न मात्र बाँकी छ । आज पार्टी एकता टुगों लगाउने वित्तिकै संगठनलाई सुदृढ बनाउने अभियान सञ्चालन हुन्छ ।’
स्रोतका अनुसार अध्यक्ष प्रचण्डले भने जस्तै विभिन्न ३२ वटा विभाग, सल्लाहकार मञ्च, आयोगलगायतमा भागबण्डा भएको छ । जसमा तत्कालिन एमालेले १८ र तत्कालिन माओवादी केन्द्रले १४ वटा पाएको छ ।
जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जमा भने ६० र ४० को आधारमा बाँडफाँड भएको बताइएको छ । जिल्लामा रहेका तत्कालिन एमाले र माओवादी केन्द्रका तत्कालिन इन्चार्ज र सहइन्चार्जबाट नेकपाका जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गर्ने बताइएको छ ।
२०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)