शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कान्ति बाल अस्पतालमा नविनतम पानी व्यवस्थापन प्रणाली जडान

मङ्गलबार, ३१ असार २०७६, १९ : २१
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं– बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) कार्यक्रम स्मार्ट पानी प्रा.लि.ले बोर्टलस नेपालको सहयोगमा यो योजनालाई कान्ति बाल अस्पतालमा हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रम असार ३१ गते कान्ति बाल अस्पतालमा भएको छ ।

यस योजना हस्तान्तरण कार्यक्रममा कान्ति बाल अस्पतालका तर्फबाट डा. गणेश कुमार राई, स्मार्टपानीका तर्फबाट सुमन शाक्य र बोटलर्स नेपालका तर्फबाट प्रदीप पाण्डेको उपस्थिति रहेको थियो ।

आफु संचालनमा रहेको समुदायमा तथा समाजमा सकारात्मक प्रभाव पार्न प्रतिवद्ध कोका–कोला कम्पनीले जल दक्षता, जल संरक्षण, जल प्रतिस्थापना र एकीकृत जल संसोधन व्यवस्थापनको निम्ति निरन्तर काम गर्दै आएको छ ।

तीव्र जलवायु परिर्वतनका साथ, विश्वव्यापी तापक्रम परिर्वतन भइरहेको छ र जनसंख्या पनि बढ्दो क्रममा छ, यसका साथै उपयूक्त पानी व्यवस्थापन पनि निकै महत्वपूर्ण भएको छ । काठमाडौंमा वार्षिक रुपमा करिब ६ देखि ७ महिना पानी पर्दछ जुन उचित व्यवस्थापन गर्न सके वर्षभरिका लागि पर्याप्त हुन्छ । 

रेन वाटर हार्भेस्टिङ प्रणाली एक उत्तम प्रणालीको रुपमा वर्णन गरिन्छ जसले वर्षातको पानीलाई संचित गरेर खढेरीको सिजनमा यसलाई पुनःप्रयोग गर्न मद्दत गर्दछ । यस प्रविधिले पानीको राम्रो व्यवस्थापन गर्न पनि मद्दत पु¥याउँछ । 

पानीको उचित व्यवस्थापनका लागि कान्ति बाल अस्पतालमा बोटलर्स नेपाल लि.को सहयोग र स्मार्टपानी प्रा.लि.को कार्यन्वयनमा रेन वाटर हार्भेस्टिङ तथा ग्राउन्ड वाटर रिचार्ज प्रणाली जडान गरिएको छ । 

यस अस्पताल उपत्यकाको उत्तरी भागमा पर्ने भएकाले रिर्चाजका लागि अत्यन्तै उपयूक्त मानिन्छ र यस योजनाले इनारको पानीमा ग्राउन्ड वाटर परिपूर्ति गर्न मद्दत पुर्याएर आसपासको समुदायलाई लाभान्वित गर्नेछ । यस योजनाले अस्पतालको नाला व्यवस्थापनको तनावलाई कम गर्न मद्दत गर्दछ । 

हालै शहरी क्षेत्रमा देखिएको बाढीको समस्या पनि बर्षातको पानी नालामा मिसिएकै परिणाम हो । शहरी बाढी कम गर्नका लागि अधिक रेनवाटर रिचार्ज योजनाहरु कार्यन्वयन गर्नु नै उत्तम समाधान हो । 

कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश कुमार राईले भने, ‘बोटलर्स नेपाल र स्मार्टपानीसँग वातावरण संरक्षणको सकारात्मक कार्यमा साझेदारी गर्न पाउँदा हामी कृतज्ञ छौँ । 

हाम्रो परिसरमा ग्राउन्ड वाटर रिचार्ज प्रणाली लागु गरेपछि हामीले ड्रेनेजको उचित व्यवस्थापन गरेर पानीलाई अस्पताल भित्र छिर्नबाट रोक्न सक्नेछौँ । यस पहलसँगै, हाम्रो कर्मचारी मात्र नभएर अस्पतालमा आउने हजारै मान्छेहरु वर्षातको पानी व्यवस्थापनको बारेमा सचेत हुनेछन् ।’

यो योजना हस्तान्तरण कार्यक्रममा बोल्दै बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘बोटलर्स नेपाल लि. सकारात्मक अंशदाताको रुपमा बहुमूल्य स्रोत पानीको उचित व्यवस्थापन सुनिश्चित गर्दै, जलस्रोतहरुको संरक्षण गर्न र जल प्रतिस्थापना र एकीकृत जल संसोधन व्यवस्थापनमा प्रतिबद्ध रहेको छ । 

कान्ति बाल अस्पतालमा बर्षातको पानी जम्मा गर्ने प्रणाली तथा जमिन मुनीको पानी रिचार्ज गर्ने प्रणाली जडान गरेर वर्षातको पानीको उचित व्यवस्थापन गर्ने र अस्पतालमा तीव्र गतिको बाढी तथा स्ट्रोम पानी व्यवस्थापन गर्न पाउँदा म अत्यन्तै खुसी छु । यो प्रयास सही साझेदारीको माध्यमबाट सफल भएको छ जसको सकारात्मक सहकार्यका लागि अस्पताल व्यवस्थापन र कार्यन्वयन पार्टनर स्मार्टपानी प्रा.लि.लाई म धन्यवाद प्रकट गर्न चाहान्छु ।’

स्मार्टपानीका प्रबन्ध निर्देशक सुमन शाक्यले भने, ‘स्मार्टपानी विगत ८ वर्षदेखि दिर्घकालिन पानीको समाधानका लागि काम गरिरहेको छ । र, हामी सन् २०१३ देखि बोटलर्स नेपालसँग साझेदारी गर्दै विभिन्न सार्वजनिक स्थानहरुमा शहरी रेनवाटर रिचार्ज सोलुसन कार्यन्वयनमा ल्याइरहेका छौं । 

हालसम्म कान्ति बाल अस्पताल सहित हामीले ५ वटा योजना संचालन गरिसकेका छौं । हाल शहरमा बाढीको समस्याहरु वृद्धिसँगै यस्ता प्रणालीहरुले वर्षातको पानी व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्छ । हामी आशा गर्दछौं र सबैलाई रेनवाटर हार्भेस्टिङ र रिचार्जको बारेमा एकपटक सोचेर यसको हिंसा बन्न प्रेरित गर्दछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप