शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच नम्बर प्रदेशको आवधिक योजना सार्वजनिक

मङ्गलबार, ३१ असार २०७६, १९ : १९
मङ्गलबार, ३१ असार २०७६

बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नम्बर ५ आगामी ५ वर्षमा अरु प्रदेशको तुलनामा धेरै अघि बढ्ने दाबी गरेका छन् । प्रदेश ५ को प्रथम आवधिक योजना सार्वजनिक गर्दै पोखरेलले यो प्रदेशले ५ वर्षमा अरु प्रदेशलाई समेत सिक्न लायक काम गर्ने दाबी गरे ।  

उनले प्रदेश नं. ५ मा आगामी ५ वर्षभित्र अपेक्षा गरेको भन्दा धेरै लगानी र धेरै आर्थिक वृद्धिदर हासिल हुनेमा विश्वास व्यक्त गरे । ‘भौतिक पूर्वाधार, कृषि, उद्योग र पर्यटन क्षेत्रलाई समेट्ने गरी १० वटा प्रादेशिक गौरवका आयोजना छनोट गरेर कार्यान्वयन गरिनेछ’ उनले भने, ‘सन्तुलित विकास गर्ने उदेश्यअनुरुप प्राथमिकताका आधारमा आयोजना छनोट गरेर प्राविधिक शिक्षा, सीप वृद्धिका कार्यक्रममार्फत स्वरोजगारी र रोजगारीका अवसरहरु सिर्जना हुनेछन् र आयआर्जनमा वृद्धि हुनेछ, यसले वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता पनि हट्नेछ ।’

मुख्यमन्त्री पोखरेलले सरकारले निजी क्षेत्र, सहकारी र समुदायबाट लगानी गर्नका लागि प्रेरित गर्ने बताए । ‘हामी यही वर्ष नै प्रदेशमा लगानी भित्र्याउनका लागि लगानी सम्मेलन गर्दैछौं, उनले भने, ‘लगानी सम्मेलनले लगानीका क्षेत्रहरु पहिल्याएर लगानीको वातावरण बनाउनेछ ।’ सोही अवसरमा योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमले प्रदेश ५ ले निर्धारण गरेको लक्ष्य पूरा गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप