शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कलाले ल्याइन् ‘पातली’

मङ्गलबार, ३१ असार २०७६, १९ : ११
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं– महिलाहरुको महान पर्व तिज नजिकिँदै गर्दा गायिका कला लम्सालले ‘पातली’ बोलको तिज गीत सार्वजनिक गरेकी छन् । शिव हमालको शब्द संगीत रहेको गीतको एरेन्ज आशिष अबिरलले गरेका हुन् । 

शान्ति सुनार र सुशीला गौतमको समूह गायन रहेको गीतको आकर्षक भिडियो समेत तयार गरिएको छ । भिडियोमा गायिका कला र मोडल करिश्मा ढकालको नृत्य रहेको छ । उनीहरुलाई तीज गीतको नृत्यमा थुप्रै कोरसले साथ दिएका छन् । 

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको छायाँकन र बिष्णु शर्माको सम्पादन रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप