जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध, डुङ्गामार्फत आवतजावत गर्दै यात्रु
मङ्गलबार, ३१ असार २०७६, १९ : ०५
बर्दिवास– विगत केहि दिनदेखी भएको भीषण वर्षाको कारण महोत्तरी जिल्लाको सदरमुकाम जोडने मुख्य जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाकै प्रमुख सडकखण्डको रुपमा रहेको सडकमा फोरलेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेको बेला भारी वर्षा भएपछि बाटो अवरुद्ध भएको हो ।
बर्षा शुरु भएकै दिनदेखि सडक बगाएपछि जनकपुर जलेश्वर सडकखण्ड अन्तर्गत पिपरा गाउँ पालिकाका स्थानीयवासीले बसको ट्युब प्रयोग गरेर बाटोमा आवतजावत गर्ने यात्रीलाई करिब ५० मिटरको दूरीमा ५० रुपैयाँ लिएर खोला वारपार गराइरहेका छन् । मंगलवार दिउँसोदेखी सो बाटोमा नेपाल प्रहरी र नेपाली सेनाको उद्धार टोली पुगेको छ ।
टोलीले दुईवटा डुङ्गाको सहायताबाट सदरमुकाम जाने र फर्किने यात्रुलालाई निशुल्क ओसार पोसार गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ