बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अनरको बजेट स्मार्टफोन नेपाली वजारमा

मङ्गलबार, ३१ असार २०७६, १८ : ५६
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं– नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि. ले ‘अनर ८एस’ नेपाली वजारमा भित्राएको छ ।

एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेन्टको अनर डब् लञ्च गरे लगत्तै त्यही सेगमेन्टमा ‘अनर ८एस’ नेपाली वजारमा भित्राएको हो । यो फोन कम्पनीले मध्यमवर्गका उपभोक्तालाई लक्षित गरी ल्याएको जनाएको छ ।

‘अनर ८एस’ मा ५.७१ इन्चको ड्यू ड्रप नच डिस्प्ले, १३ एमपी एफ/१.८ को प्राइमरी क्यामेरा र ५ एमपी एफ–२.२ को सेल्फी क्यामेरा रहेको छ । यो फोन पछाडी एउटामात्र क्यामेरा भएपनि यसको वाइडर अपार्चार साइजका कारण यसले अविश्वसनीय इफेक्ट दिन्छ ।

‘अनर ८एस’ का विशेषताहरुमा डिस्प्ले ५.७१ इन्च एलसीडी आइपीएस डिस्प्ले रहेको छ । रिजोलुसन एचडी प्लस, १९.९ एस्पेक्ट रेसियो २९५ पीपीआई, २ जीवी र्याम, ३२ देखि ५१२ जीवीसम्मको स्टोरेज यस फोनमा छ । 
‘अनर ८एस’ को बजार मुल्य १ हजार ५ सय तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप