शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकद्दारा ग्रामिण स्वावलम्बन कोष निजी क्षेत्रलाई हस्तान्तरण

मङ्गलबार, ३१ असार २०७६, १८ : ४२
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले संचालन गर्दै आएको ‘ग्रामिण स्वावलम्बन कोष’ निजी क्षेत्रलाई हस्तान्तरण गर्ने गरेको छ । बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकले सो कोष साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडलाई  हस्तान्तरण गरेको हो ।

३० वर्षदेखि नेपाल राष्ट्र बैंकले सञ्चालन गर्दै आएको सो कोषलाई अझै प्रभावकारी ढंगले संचालन गर्न साना किसान विकास लघुवित्त संस्थालाई हस्तान्तरण गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए । 

कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.शिवराम कोइरालाले नेपाल राष्ट्र बैंकले विश्वास गरेर हस्तान्तरण गरेको सो कोषको परिचालन गरी मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानमा सघाउ पु¥याउने प्रतिवद्धता व्यक्त गरे । 

२०४७ साल फागुन १७ गते मन्त्रिपरिषद बैठकको निर्णयबाट स्थापना गरिएको सो कोषमा करिब १ अर्ब पूँजी रहेको पनि गभर्नर नेपालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप