बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकको ऋण चाँडै तिर्नुपर्ने चिन्तामा हुनुहुन्छ ? राष्ट्र बैंकले दियो यस्तो सहुलियत

मङ्गलबार, ३१ असार २०७६, १७ : ३९
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं– चालू आर्थिक वर्षको आज (असार ३१) अन्तिम दिन हो । बैंकहरुले ऋणको सावा ब्याज भुक्तानीका लागि तपाइलाई अहिलेनै कडाइ गर्ने छैनन् । कारण राष्ट्र बैंकले यसको समय थपिदिएको छ ।

सामानयतया बैंकहरुले आर्थिक बर्ष सकिने वित्तिकै ऋणीलाई बारम्बार फोन गरेर समयमै साँवा व्याज भुक्तानीका लागि दबाब दिने गरेका छन् । 

साउन १५ गतेसम्म यस्तो अण भुक्तान गर्नुपर्ने व्यवस्था छ । तर अब राष्ट्र बैंकले १५ दिनको समय थप गरिदिएर साउनभरीको समय उपलब्ध गराएको छ । यसले ऋणीलाई राहत मिल्नेछ । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई परिपत्र जारी गर्दै साउन भर तिरेको साँवा ब्याजलाई बैंक तथा वित्तिय संस्थाले अघिल्लो वर्षको नाफामा गणना गर्न पाउने व्यवस्था गरेको छ । हाल आएको बाढी पहिरोका कारण केन्द्रिय बैंकले यस्तो राहत दिने व्यवस्था गरेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप