‘द डार्क एण्ड लाईट’ ले ल्यायो एकसाथ ट्रेलर र गीत

काठमाडौं– फिल्म ‘द डार्क एण्ड लाईट’ले प्रचार–प्रसार सुरु गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका निर्माण युनिटले फिल्मको अफिसियल ट्रेलर र ‘राधा किसन’ बोलको गीत सार्वजनिक गर्दै प्रचार सुरु भएको जनाएको हो ।
ट्रेलरमा फिल्मको मुख्य अंश समेटिएको छ । गीतमा भने राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत तथा डेविड शंकर र सरस्वती भूजेलको स्वर रहेको छ । खालिङ्ग सिस्टर्स मूभिज प्रालिको व्यानरमा निर्माण भएको फिल्मको कथा, पटकथा तथा संवाद पिटर खालिङ राईले लेखेका हुन् । पिटर र स्वरस्वतीको संयुक्त लगानीमा तयार भएको फिल्मलाई राजु अर्यालले निर्देशन गरेका हुन् ।
फिल्ममा पिटर खालिङ, सरस्वती भूजेल, शेसुका राई, मरिष्का पोखरेल, मनिल तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । खेलाडी समेत रहेकी शेसुका फिल्ममा एक्सन अवतारमा देखिएकी छिन् । निर्माण यूनिटले यो फिल्ममा एक्सन लभस्टोरी जनरामा केन्द्रित रहेको जानकारी दियो ।
भदौ ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो फिल्म सरोज शर्मा र सुनिता भट्टराईले वितरण गर्नेछन् ।