शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी–पहिरोका कारण अवरुद्ध विद्युत भोलीसम्म सूचारु हुने

मङ्गलबार, ३१ असार २०७६, १७ : १७
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं– सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरका विद्युत सेवा भोली (श्रावण–१ गते) सम्ममा सूचारु गराउने प्रतिवद्धता जनाएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा भोलीसम्म सबै ठाउँमा सूचारु गराउने गरी कामलाई अघि बढाइएको जानकारी दिएका हुन् ।

उनले कुलेखानी जलविद्युत आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए । बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुन पुगेको छ । मन्त्री पुनले ती सबै समस्या भोलीसम्ममा समाधान हुने गरी काम भइरहेको बताए । 

मन्त्री पुनले बाढी र डुबान हुन नदिन सरकारले नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए । नदी नियन्त्रण आपत्तकालिन कार्यका लागि नदी नियन्त्रणका क्षेत्रका काम गर्ने १५ वटा आयोजनाहरुलाई तयारी अवस्था राखिएको मन्त्री पुनको भनाई छ ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रानी–जमरा–कुलरिया सिञ्चाई आयोजनाको हालसम्म ८ किलो मिटर मूल नहर निर्माण कार्य सम्पन्न गरिएको पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप