शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साझा पार्टीले जारी गर्यो १३ बुँदे कुटनीतिक निर्देशिका

मङ्गलबार, ३१ असार २०७६, १६ : २५
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं– साझा पार्टीले अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्धका लागि भन्दै आफ्नो पार्टीका लागि १३ बँुदे कुटनीतिक निर्देशिका जारी गरेको छ । मंगलबार ललितपुरको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै साझाले नेपालको स्वाभिमान, स्थिरता र विकासका लागि कुटनीतिक संयमितता अपरिहार्य रहेको निक्र्योल गर्र्दै कुटनीतिक निर्देशिका सार्वजनिक गरेको हो । 

नेपालको सन्दर्भमा राजनीतिक दल र तिनका नेताहरुले नेपालस्थित विदेशी कुटनीतिक तथा विभिन्न गुप्तचर निकायका सदस्यहरुसँग गर्ने भेटघाटले नेपालको स्वाभिमान, स्थिरता र विकासको बाटोमा ठूलो अवरोध पु¥याउँदै आएको र कतिपय अन्तर्राष्ट्रिय गैरसरकारी (आईनजीओ) संस्थानहरुको समेत राजनीतिमा प्रत्यक्ष–अप्रत्यक्ष संलग्नता रहने गरेको साझाद्धारा जारी निर्देशिकामा बताइएको छ । 

यसले देशको आन्तरिक मामलामा विदेशी हस्तक्षेप बढाएको निक्र्योल गर्दै साझाले आफ्नो पार्टीमा त्यस्तो गतिविधि हुन नदिन पार्टीको कार्यविधिमै उल्लेख गरेर कुटनीतिक निर्देशिका जारी गरेको साझा पार्टीका संयोजक रविद्र मिश्रले बताएका छन् । 

‘अहिलेको परिपेक्ष्यमा नेपाली राजनीतिको कुटनीतिक पक्ष धुमिल भइरहेको छ । देश, जिम्मेवार पद, पक्ष र नेताले उचित कुटनीतिक नीति तथा मर्यादा कायम गर्न नसक्दा देशमा समस्या आइरहेको छ । यसले हाम्रो आन्तरिक मामलामा समेत गम्भिर प्रहार हुन थालेको छ ।’ मिश्रले भने, ‘यसैको दीर्घ समाधानका लागि हामीले हाम्रो पार्टीको प्रष्ट्र कुटनीतिक धारणा सार्वजनिक गरेका हौं । यसले हामीलाई मात्र नभएर अन्य पार्टी तथा नेताहरुलाई समेत सुध्रन प्रेरणा मिल्ने हाम्रो अपेक्षा हो ।’ 

‘आन्तरिक नीतिले कुटनीतिक नीति निर्देशित हुनुपर्ने हो तर हाम्रो त्यसको ठीक उल्टो हुने गरेको छ । हाम्रा नेता तथा नेतृत्व वर्गको कमजोरीले कुटनीतिक नीतिले देशको राजनीति निर्देशित भइरहेको छ ।’ आचार्यले भने, ‘कुटनीतिक कमजोरीकै कारण हाम्रो आन्तरिक मामलामा बाह्य हस्तक्षेप बढेर गएको छ । यो परिपाटीको अन्त्य हुन जरुरी छ ।’

साझाले आफ्ना केन्द्रिय सदस्यहरुलाई पार्टीको निर्देशन विना कुनै पनि अन्तर्राष्ट्रिय दूतावास, निकाय वा सदस्यहरु र तिनका औपचारिक कार्यक्रममा सामेल नहुनदेखि पार्टीको नीति विपरित भेटघाट नगर्न समेत निर्देशन गरेको छ । यदि त्यसो गरेको थाहा पाएमा पार्टीको विदेश विभागले स्पष्टीकरणसहित अनुशासनको कारवाहीका लागि सिफारिश गर्ने समेतको प्रावधान निर्देशिकामा उल्लेख गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप