बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फाखेल भएर काठमाडौँ जाने सडक अवरुद्ध

मङ्गलबार, ३१ असार २०७६, १५ : ५६
मङ्गलबार, ३१ असार २०७६

काठमाडौं– वर्षाको कारण हेटौंडाबाट फाखेल हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग अवरुद्ध भएको छ । वर्षाका कारण पहिरो जाँदा सडकसमेत बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिए । कुलेखानी–फाखेल सडकखण्डस्थित लक्ष्मी खोलाले सडक बगाउँदा बाटो अवरुद्ध भएको जनाइएको छ । सडक बगाएपछि फाखेल सडकखण्ड अवरुद्ध भएको हो ।

 यसैगरी हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकाली निस्कने बाटो पाँच दिनदेखि बन्द रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने बाटो भने चलिरहेको छ । कान्ति लोकपथ सडकखण्ड भने पहिरोका कारण अवरुद्ध भएको र खुल्न केही दिन लाग्ने प्रहरीले जानकारी दिएको छ ।

इन्द्रसरोवर गाउँपालिकाको स्याउलीबजार, राकस खोला, महालक्ष्मी खोला र हुमानेमा पहिरो गएपछि हेटौँडा, फाखेल, हुमाने काठमाडौँ सडक पुनः अवरुद्ध बनेको थियो । 

सोमबार दिनभर सडकखण्ड खुलाउन प्रयास भए पनि नसकिएको र आजबाट फाखेल प्रहरीको टोलीले सडकखण्डमा भएको पहिरो हटाउन जेसिभी प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप