राहतका कामलाई प्रभावकारी बनाउन एनआरएनको आग्रह
मङ्गलबार, ३१ असार २०७६, १० : ५०
काठमाडौं–अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण भएको जनधन क्षति भएकोप्रति गैरआवासीय नेपाली संघ (एनआरएन) ले दुःख व्यक्त गरेको छ ।
संघको तर्फबाट प्रवक्ता भूषण घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्का कारण निधन भएकाहरुप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
संघले घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पुनरस्थापना एवं राहतका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको छ ।
एनआरएनले स्वदेश र विदेशमा रहेका नेपालीलाई आआफ्नो स्थानबाट सहयोग गर्नको लागि पनि अपील गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वश्रममन्त्री भण्डारीले गरेको विवादास्पद निर्णय खारेज
-
नेपालमा वामपन्थी सरकार स्थिर भएको हेर्न चाहन्छौँ : चीन
-
विवाहको कार्यक्रमका कारण लैनचौर बैंक्वेट भोलिदेखि सिल गर्ने निर्णय
-
खड्का ल्याण्डले भोगचलन गरेको स्काउटको संरचनामा प्रशासनको सिल
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
शपथस्थलमा लफडा, नाउपाका कैलाश बने भौतिक मन्त्री