केन्द्रीय संस्करण
चलचित्र

‘घर’ मा बेनिशाको बोल्ड अवतार

person explore access_timeअसार ३१, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

काठमाडौँ । फिल्म ‘ब्लाइन्ड रक्स’ प्रदर्शनको समय अभिनेत्री बेनिशा हमालको खुबै चर्चा भएको थियो । दृष्टिविहीन सृष्टि केसीको जीवनमा आधारित ‘ब्लाइन्ड रक्स’ मा उनले सृष्टिको भूमिका निर्वाह गरेकी थिइन् ।

फिल्ममा निर्वाह गरेको भुमिका मात्र होइन उनको अभिनयको समेत सो समय चौतर्फी तारिफ भयो । तर, फिल्मले भने राम्रो व्यावसाय गर्न सकेन । फिल्मले व्यावसाय गर्न नसकेपछि उनको चर्चा त्यसै सेलाएर गयो ।

बेनिशा अहिले फेरि चर्चामा छाएकी छन् । यति बेला चर्चाको बिषय उनको अर्काे फिल्म ‘घर’ बनेको छ । ‘घर’ हरर बिषयमा निर्माण भएको फिल्म हो । फिल्ममा उनले मुख्य भूमिका निर्वाह गरेकी छन् ।

एकपछि अर्काे फिल्ममा लगातार असफलता भोगिरहेकी बेनिशालाई ‘घर’को कन्टेन्ट माथि विश्वास छ । केही दिन अगाडि आयोजित फिल्मको एक कार्यक्रममा उनले फिल्मले दर्शक पाउने विश्वास व्यक्त गरेकी छिन् ।

हुन त नेपालमा हरर फिल्म भनेपछि नाक खुम्च्याउने परिपाटी छ । ‘घर’ रिलिज पछि दर्शकले हरर फिल्म मन हेर्ने बानी पार्ने  भनाई रहेको छ ।

हुन त ‘घर’मा बेनिसाको लुक्स पनि भिन्न देख्न सकिन्छ । फिल्मका लागि उनले कपाल समेत खैरो रङ्गाएकी छन् । आफ्नो नयाँ लुक्स लुक्स फिल्मको डिमान्ड भएको उनी बताउँछिन् ।

फिल्ममा बेनिशाको बोल्ड अवतार देख्न सकिन्छ । चलचित्रमा  निर्देशक समेत रहेका अर्पण थापासँग दिएको बेडसिनको चर्चा भइरहेको छ । फिल्मको ट्रेलरमा समेत समेटिएकोउक्त सिन  कथाको माग रहेको उनको भनाई रहेको छ । ‘भूमिकाको बिषयमा धेरै बोल्दा सस्पेन्स खुल्छ’ उनले भनिन्, ‘यति मात्र भन्छु बेडसिनमा दर्शकले आँखा छोप्नु पर्दैन ।’

फिल्ममा उनले ‘भूत’को भूमिका निर्बाह गरेको प्रचार सामाग्रीबाट पनि अनुमान लगाउन सकिन्छ । तर उनी भने भूमिका यहि हो भनेर खुलाउन नमिल्ने बताउँछिन् । भन्छिन् ‘सबै कुरा पहिले नै थाहा भएपछि फिल्म हेर्नुको मज्जा हुँदैन ।’

अभिनेत्री सुरक्षा पन्त र अर्पण थापाको पनि मुख्य भूमिका रहेको फिल्म अभिनेता थापाले नै निर्देशन गरेका हुन् । दीपेन्द्र के खनाल र सर्मिला पाण्डेले मिलेर यो फिल्म बनाएका हुन् ।

तस्विर : कृष्ण खड्का

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...