नवजोत सिंह सिद्धुले के पुनः बिजेपीको ढोका ढक्ढकाउलान् ?
कमलेश मठेनी /बीबीसी
कर्नाटक र गोवामा संकटसँग जुधिरहेको कांग्रेसमा अब नवजोत सिंह सिद्धुले अमरिन्दर सिंह मन्त्रीमण्डलबाट राजीनामा दिएका छन् ।
सिद्धुले आइतबार ट्वीटरमा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई पठाइएको राजीनामा पत्र पोष्ट गर्दै लेखे, ‘१० जुन २०१९ मा राहुल गान्धीलाई सुम्पिएकामे मेरो राजीनामापत्र ।’
सिद्धुले अब मुख्यमन्त्रीलाई पनि राजीनामा पठाइसकेका छन् । पंजाबमा मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंह र नवजोत सिंह सिद्धुबीच लामो समयदेखि ठाकठुक परिरहेको छ ।
लोकसभा चुनावमा खराब प्रदर्शनपछि यो ठाककुठ सार्वजनिक भएको हो । अमरिन्दर सिंहले पंजाबमा कांग्रेसको प्रदर्शनका लागि सिद्धुलाई जिम्मेवार देखाए । त्यसपछि उनको मन्त्रालय पनि परिवर्तन गरियो ।
शहरी निकायका साथै पर्यटन–सांस्कृतिक विभाग फिर्ता लिएर उनलाई बिजुली र नवीनीकरण उर्जा विभाग सुम्पिइयो ।
नवजोत सिद्धुले विरोध स्वरुप नयाँ मन्त्रालयको कार्यभार सम्हालेका थिएनन् र अब उनले राजीनामा दिएका छन् ।
कांग्रेस पहिले नै दुई राज्यमा आफ्ना विधायक बचाउने कोसिसमा जुटेको छ । कर्नाटकमा कांग्रेस–जेडीएस गठबन्धनको सरकारमा खतरा निम्तिएको छ ।
पंजाबमा चलिरहेको यो विवाद अब राजीनामासम्म पुगेको छ । सिद्धु कांग्रेसमा जनवरी २०१७ देखि आएका थिए । लगभग साढे दुई वर्षको समयमा सिद्धु राजीनामासम्म पुगे ।
कांग्रेसलाई कस्तो असर पर्ने ?
भारतका वरिष्ठ पत्रकार जगतार सिंह भन्छन्, ‘पंजाबमा यो संकट पार्टीको नभई दुई व्यक्तिबीचको व्यक्तिगत झगडा हो । यहाँ नवजोत सिंह सिद्धु एक्लै छन् । उनको पार्टीमा कुनै ठूलो समर्थन आधार वा समूह छैन । यस्तोमा उनको राजीनामाले पंजाबमा कांग्रेसमाथि कुनै विशेष असर पर्ने छैन ।’
‘वास्तवमा उनी सधैं कांग्रेसमा नै बसेनन् । पहिले बिजेपीमा थिए त्यसपछि आम आदमी पार्टीसँग नाम जोडियो, आफ्नो भिन्न मोर्चा पनि बनाए त्यसपछि कांग्रेसमा आए । उनको कांग्रेसमा कोही समर्थन आधार बन्न सकेन । पंजाबका नेताभन्दा उनलाई दिल्लीमा राहुल गान्धी र प्रियंका गान्धीको समर्थन रहेको छ । अब राहुल गान्धी पनि यो मामलामा कुनै दखल दिइरहेका छैनन् ।’
तर राजनीतिक विश्लेषक हरजेश्वर पाल सिंह यो कुरासँग असहमती जताउँछन् । उनको मान्यता अनुसार राजीनामाले कांग्रेसमा असर पर्न सक्छ ।
उनी भन्छन्, ‘सिद्धु एक लोकप्रिय नेता हुन् र अकाली दल विरुद्ध पनि खुलेर बोलिरहेका हुन्छन् । कांग्रेसको अकाली दलसँग आन्तरिक साँठगाँठ छ कि भन्ने मानिसहरुको धारणा छ । सिद्धु अकालीविरुद्ध बोल्ने र मानिसहरुको आवाजको रुपमा परिचित छन् । यस्तोमा सिद्धुको राजीनामाले पार्टीलाई आन्तरिक रुपमा कुनै हानी त हुँदैन तर लोकप्रिययतामाथि असर पर्नसक्छ । ’
सिद्धुसँग विकल्पः
नवजोत सिंह सिद्धु बीजेपीमा आबद्ध भइसकेका छन् र आम आदमी पार्टीसँग पनि उनको ठाकठुक भएको छ । यस्तोमा कांग्रेसको स्थिती कमजोर हुँदा उनीसँग के विकल्प बाँकी छ ।
हरजेश्वर पाल सिंहका अनुसार कांग्रेसमा चाहे जस्तोसुकै स्थिती होस् तर उनी बिजेपी वा अकाली दलमा जाने प्रश्न नै उठ्दैन । उनले दुबै दलको यति विरोध गरेका छन् कि यदि उनी त्यहाँ गएपनि उनको राजनीतिक करियर नराम्रोसँग प्रभावित हुनेछ ।
हरजेश्वरका अनुसार यस्तो स्थितीमा उनी कांग्रेसमा बसेर नै आन्तरिक लडाईं लड्नेछन् । यदि केन्द्रमा कुनै भूमिका पाउने कुरा गर्ने हो भने त्यसमा पनि केही भन्न सम्भव छैन, यसका लागि प्रतिक्षा गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता