शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिला सांसदविरुद्ध के भनिरहेका छन् डोनल्ड ट्रम्प ?

मङ्गलबार, ३१ असार २०७६, ०८ : २०
मङ्गलबार, ३१ असार २०७६

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चार डेमोक्रेटिक महिला सांसदमाथि गरेको ‘जातीवादी’ टिप्पणीको विवाद सेलाउन नपाउँदै उनले यी महिलालाई अमेरिकी विरोधी बताउँदै थप विवाद निम्त्याएका छन् ।

राष्ट्रपति ट्रम्पले यी महिलाको अमेरिकाको दुश्मनसँग प्रेम भएको र यदि उनीहरु खुसी छैनन् भने उनीहरुले देश छोडेर जानुपर्ने बताएका छन् ।

ह्वाइट हाउसमा भएको एक पत्रकार सम्मेलनमा उनले भने, ‘यदि तपाईंहरु सधैं यो भएन, त्यो भएन भनिरहनुहुन्छ भने यहाँबाट जानुहोस् ।’

आइतबार जातीय रुपमा विविध पृष्ठभूमी भएका महिलालाई ट्रम्पले फिर्ता जान भनेका थिए । त्यसपछि उनीमाथि जातीवादी र अन्य देशका मानिसप्रति पक्षपाती र घृणा पालेको आरोप लाग्यो जसलाई ट्रम्पले खारेज गरे ।

पत्रकारसँग ट्रम्पले भने, ‘मेरो अनुसार यी त्यस्ता व्यक्ति हुन् जो हाम्रो देशलाई घृणा गर्छन् ।’

जब उनलाई यो टिप्पणीले कतिले उनलाई जातीवादी भनिरहेकोमा चिन्ता लागेको छैन भनेर प्रश्न सोधियो तब उनले भने, ‘मलाई यसको कुनै चिन्ता छैन किनभने मेरा मानिसहरु मसँग सहमत छन् ।’

ट्रम्पले यो विवाद आइतबार श्रृङ्खलाबद्ध ट्वीट गरेर निम्त्याएका हुन । जसमा उनले लेखे, ‘उनीहरु मूल रुपमा ती देशका हुन् जहाँको सरकार पूर्ण रुपमा विनाशकारी छ ।’

यी ट्वीटमा उनले कुनै महिलाको नाम त लिएनन् तर उनले कसलाई भन्न खोजेको भनेर मानिसहरुले थाहा पाइहाले ।

जुन चार महिलाको नाम लिइयो त्यसमा एलेक्जेन्ड्रिया ओकासियो कोटरेज, रशिदा तलिब, आइयाना प्रेस्ली र इल्हान ओमार संलग्न छन् ।

एलेक्जेन्ड्रिया, रशिदा र प्रेस्लीको जन्म अमेरिकामा नै भएको थियो जबकी इल्हान ओमार १२ वर्षको उमेरमा शरणार्थीको रुपमा अमेरिकामा आएकी थिइन् ।

यी सबैले राष्ट्रपतिलाई जातीवादीको संज्ञा दिँदै डेमोक्रेटिक पार्टीले यी महिलाको समर्थन गर्यो ।

सोमबार केही रिपब्लिकन नेताले पनि राष्ट्रपतिको भाषाको आलोचना गरे ।

सिनेटर सुसान कोलिंसले ट्वीट्सले हद पार गरेको र त्यो हटाउनु पर्ने धारणा राखेकी छिन् ।

आलोचना हुँदा हुँदै पनि सोमबार पुनः ट्वीट गरियो र महिलाहरुलाई उनलाई र इजराइलका मानिसहरुसँग माफी माग्न  भनियो ।

ट्रम्पले प्रतिनिधी सभाकी स्पिकर नेन्सी पेलोसीमाथि जातीवादको आरोप लगाए । वास्तवमा पेलोसीले राष्ट्रपतिको चुनाव प्रचारको नारा, मेक अमेरिका ग्रेट अगेन, वास्तवमा ‘मेकिङ अमेरिका ह्वाइट अगेन’ थियो ।

ट्रम्पले भने, ‘यो कडा जातीवादी बयान हो । मलाई अचम्म लागेको छ कि उनले यस्तो भनिन् ।’

डेमोक्रेट्सलाई सोमबार दिएको पत्रमा पेलोसीले सदनमा एक प्रस्ताव ल्याउने घोषणा गरिन् जसमा ट्रम्पले ‘घटिया हमला’ को विरोध गर्ने बताइएको छ । यद्यपि, यसमा भोट कहिले हुन्छ त्यो भने स्पष्ट हुन सकेको छैन ।

किन निम्तियो विवाद ?

शुक्रबार ओकासियो कोरटेज, रशिदा तलीब, अइयाना प्रेस्लीले सदनको समिति अगाडि एक प्रवासी डिटेन्शन सेन्टरको स्थितियो बारे जानकारी दिएका थिए । यी तीनजनाले यो सेन्टरको भ्रमण गरेर फर्केका थिए । 


उनीहरुले 'अमरिकाको झण्डा भित्र' मानिसहरुमाथि भइरहेको गलत व्यवहारमाथि चिन्ता व्यक्त गरेका थिए । 


राष्ट्रपतिले यसको जवाफमा ट्वीट गरेर बच्चाको डिटेन्शन सेन्टरबारे निकै राम्रो प्रतिक्रिया पाइरहेको छ र जुन इलाकामा ठूलालाई राखिएको छ त्यहाँ अपराधको प्रतिशत निकै धेरै भएको बताएका थिए ।   

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप