वर्षातको समय अझै धेरै बाँकी छ, सचेत रहनुस् : मन्त्री यादव
सिरहा- उद्योग वाणिज्य मन्त्री मात्रिकाप्रसाद यादवले बाढी पीडितको उद्धार र राहतलाई व्यवस्थित गर्दै थप खतराबाट जोगिने उपाय पनि अप्नाउन सुझाव दिएका छन् । सिरहा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह र सरकोकारवालाहरुको बैठकलाई सोमबार सम्बोधन गर्दै मन्त्री यादवले वर्षातको समय अझै धेरै दिन बाँकी रहेकोले थप हुनसक्ने जोखिमलाई ध्यानमा राखि एकीकृत ढंगले काम गर्न सरोकारवालाहरुलाई निर्देशन दिए ।
बाढीपीडितको राहत र उद्धारमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री यादवले सवै तह र तप्काले जिम्मेवारीका साथ उद्धार, राहत र थप क्षति न्यूनिकरणका लाग्न अनुरोध गरे । उनले भने, यस्तो प्रकोप विशेष गरेर साउन भदौमा हुँदै आएको थियो, “यो पटक असारमै यस्ता अवस्था आएको छ, वर्षाको बाँकी समय रहेकोले अहिले देखिनै सावधानी अपनाउनु पर्छ, त्यसका सवै निकाय जिम्मेवारी साथ लाग्नुस् ।”
हालसमम सुरक्षाकर्मीहरुको सहयोगमा जिल्लाका विभिन्न ठाउँबाट २ हजार १ सय ९३ जनालाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई स्थानीय तहले खानपिन र स्वास्थ्य उपचारको व्यवस्था गरिरहेको पनि बैठकमा जानकारी दिइयो ।
त्यसैगरी अहिलेसम्म सिरहामा ३ सय ५४ घर पूर्ण रुपले क्षति भएको र करिव २ हजार ६ सय घरहरु आँशिक क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ भने थप विवरणहरु आउन बाँकी रहेको रहेको पनि जनाइएको छ ।
अहिलेसम्म उद्धारकै कामलाई मत्वकासाथ गरिरहेकोले क्षतिका विवरणहरु आँउदै गरेको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले जानकारी दिए । उनले भने अभै क्षतिका विवरणहरु आउँदै छ । स्थानीय तहलाई विवरण संकलनको लागि निर्देशन गरिसकिएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन
-
विश्वकपका लागि सन्न्यास फिर्ता लिने कप्तानको आग्रह नरेनद्वारा अस्वीकार
-
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’
-
डढेलो निभाउन गएको दमकल नै जल्यो
-
चीन पुगे अमेरिकी विदेशमन्त्री
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ