सिरहामा बाढीमा डुबेर २ बालिकासहित ४ जनाको मृत्यु, एक बेपत्ता
सिरहा-सिरहा लगातारको वर्षासँगै आएको बाढी तथा पानीमा डुवेर अहिलेसम्म सिरहामा दुई बालिका सहित पाँच जनाको मृत्यु भएको छ ।
आइतबार वेलुकादेखि हराइरहेकी मिर्चैया नपा ४ का सन्तोष साहकी ५ वर्षीया छोरी प्रियङ्काको आज सोमबार विहान शव फेला परेको छ । घरबाटै बेलुका हराएकी प्रियङ्काकाको शव गाउँ नजिकैको बारविगहा फूलबारीमा फेला परेको सिरहाकाप्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले जनाएका छन् ।
त्यसैगरी, उदयपुर घर भई सिरहाको नरहा गाउँपालिका ३ चन्द्रअयोध्यापुरस्थित संस्थागत विद्यालयमा कार्यरत ५५ वर्षीय सोभित कटुवालको पानीमा डुवेर मृत्यु भएको छ । विद्यालयको काम सकेर डेरा फर्किने क्रममा बाढीमा चिप्लिएर घाइते भएका कटुवालको उपचारको क्रममा लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी आइतबारै मिर्चैया नगरपालिका १ का बद्री महतोकी १० वर्षीया रागिनी कुमारी महतोको पानीमा डुवेर मत्युत्यु भएको थियो ।सिरहा नपा १६ पटेर्वामा बाढीमा आइतबार एक ३० वर्षीया महिलाको शव भेटिएको छ । उनको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज बोहराले जनाएका छन् ।
आइतबारै सिरहा नपा १५ सुखचैना गाउँको पोखरीमा डुबेर बेपत्ता भएका १५ वर्षीय भारतीय किशोर बलि साह अझै फेला परेको छैन । उनको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई