सप्तरीमा बाढी पीडितले जलाए मन्त्री उपेन्द्र यादवको पुत्ला
सप्तरी–सप्तरी जिल्लाका बाढी पीडितले समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवका पुतला जलाएका छन् ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित भएका बेला मन्त्री यादवले चासो नदिएको भन्दै उनको पुत्ला जलाइएको हो । बाढीका कारण दर्जनौ वेपत्ता भएका छन् भने कतिपयको ज्यान पनि गएको छ तर मन्त्री यादव हालसम्म सप्तरी पुगेको छैनन् ।
सप्तरीको सबभन्दा प्रभावित क्षेत्र तिलाठीमा मन्त्री यादवको पुतला जलाएको हो । मन्त्री यादवले सप्तरीबाट चुनाव जितेका हुन् । डुवानपछि न उनी आफ्नो क्षेत्रमा गएका छन् न कुनै राहतको व्यवस्था गरेका छन्, त्यसैको आक्रोशमा त्यहाँका जनताले उनको पुतला जलाएको स्थानीय युवा राजेश सिंहले बताए । त्यस्तै अर्का बाढी पीडित अमिर कामैतले भने, भोट लिने बेला हामी जनता चाहिन्छ, अहिले हामी पीडामा हुँदा खबर लिन नआएको कारण दुख लागेको बताए ।
पीडितहरुले डुवान परेको बेला राहत तथा उद्धारका लागि आफ्नो क्षेत्रमा आउनुको साटो मन्त्री यादव विदेश घुम्न जाने गरेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
-
सरकारका १०० दिनः कर्मचारीलाई १५ दिनमा तलबदेखि पेन्सनमा राहतसम्म
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण