सप्तरीमा बाढी पीडितले जलाए मन्त्री उपेन्द्र यादवको पुत्ला

सप्तरी–सप्तरी जिल्लाका बाढी पीडितले समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवका पुतला जलाएका छन् ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित भएका बेला मन्त्री यादवले चासो नदिएको भन्दै उनको पुत्ला जलाइएको हो । बाढीका कारण दर्जनौ वेपत्ता भएका छन् भने कतिपयको ज्यान पनि गएको छ तर मन्त्री यादव हालसम्म सप्तरी पुगेको छैनन् ।
सप्तरीको सबभन्दा प्रभावित क्षेत्र तिलाठीमा मन्त्री यादवको पुतला जलाएको हो । मन्त्री यादवले सप्तरीबाट चुनाव जितेका हुन् । डुवानपछि न उनी आफ्नो क्षेत्रमा गएका छन् न कुनै राहतको व्यवस्था गरेका छन्, त्यसैको आक्रोशमा त्यहाँका जनताले उनको पुतला जलाएको स्थानीय युवा राजेश सिंहले बताए । त्यस्तै अर्का बाढी पीडित अमिर कामैतले भने, भोट लिने बेला हामी जनता चाहिन्छ, अहिले हामी पीडामा हुँदा खबर लिन नआएको कारण दुख लागेको बताए ।
पीडितहरुले डुवान परेको बेला राहत तथा उद्धारका लागि आफ्नो क्षेत्रमा आउनुको साटो मन्त्री यादव विदेश घुम्न जाने गरेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह