अमेरिकाले इरानका लागि दियो सकारात्मक संकेत, इरानी विदेशमन्त्रीका लागि बाटो खुल्यो
एजेन्सी– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानी विदेशमन्त्री मोहमद जाभेद जारिफलाई संयुक्त राष्ट्रसंघीय मुख्यालय भ्रमणको लागि प्रवेशाज्ञा प्रदान गरिएको जानकारी दिएका छन् । यो पछिल्लो समाचारले इरान र अमेरिका बीच चलिरहेको पछिल्लो वाकयुद्धका बारेमा सकारात्मक सन्देश जाने अनुमान गरिएको छ ।
इरानी प्रतिनिधिमण्डलका अन्य सदस्यहरूको टोलीसहित आइतबार न्यूयोर्क पुगेका इरानी विदेश मन्त्री जारिफलाई संयुक्त राष्ट्रसंघको मुख्यालय र त्यहाँ रहेको संयुक्त राष्ट्रसंघको लागि इरानी मिसनको कार्यालयसम्म यात्रा गर्न अनुमति दिइइएको पोम्पोओले वासिङ्टन पोस्ट पत्रिकालाई बताएका छन् ।
तर इरानी कूटनीतिज्ञको यो भ्रमणलाई न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालय वरपर मात्र सीमित गराइने भएको पनि अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।
अमेरिकी कूटनीतिज्ञहरु तेहरानको वरपर भ्रमण गर्दैनन् त्यसैले इरानी कूटनीतिज्ञहरुलाई पनि न्यूयोर्क शहरको आसपास स्वतन्त्र रूपमा भ्रमण गर्नुपर्ने कुनै कारण नदेखिएको पोम्पेओलाई उद्धृत गर्दै सो पत्रिकाले जनाएको छ ।
हालैका केही महिनायता वासिङ्टन र तेहरानबीच सैन्य विवाद सहितको वाकयुद्ध जारी रहेको छ । इरानमाथिको अमेरिकी अमेरिकी नाकाबन्दीका कारण पनि सम्बन्ध बिग्रिएको बताइएको छ ।
उता,आजैमात्र मात्र प्राप्त अर्को एक समाचारमा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेमा इरान अमेरिकासँग वार्ताको लागि तयार भएको इरानका राष्ट्रपति हसन रौहानीले आइतबार बिहान बताएका छन्। –सिन्हवा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर